Technology Khabar ८ जेष्ठ २०८०, सोमबार
काठमाडौं ।
संसद सचिवालयले सांसदहरूको लागि विद्युतीय हाजिरी लागू गर्ने तयारी गरेको छ।
सचिवालयले सोमबारदेखि प्रतिनिधि सभाका सांसदहरूको बायोमेट्रिक लिन शुरू गरेको छ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बायोमेट्रिक दिएर यो कामको सुरूआत गरे।
आजदेखि बायोमेट्रिक लिन शुरु गरिएको छ छिटै लागू गर्ने संसद सचिवालयले जनाएको छ।
संसदमा विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्ने माग उठ्दै आएको थियो।
प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार