
काठमाडौं ।
केन्या सरकारको परियोजनाले २ महिनामा १० लाख युनिट स्थानीय रूपमा एसेम्बल स्मार्टफोन उत्पादन गर्ने लक्ष्य राखेको छ।
केन्याले डिजिटल पहुँच र समावेशीकरणलाई बढावा दिनको लागि दुई महिनामा स्थानीय रूपमा एसेम्बल भएका १० लाख स्मार्टफोनको पहिलो खेप ४० डलरको एकाइ मूल्यमा ल्याउने योजना बनाएको बिजनेस डेलीले रिपोर्ट गरेको छ।
आईसीटी क्याबिनेट सेक्रेटरी इलिउड ओवालोले सस्तो फोनहरू माचाकोस काउन्टीको मालिलीको कोन्जा टेक्नोपोलिसमा एसेम्बल गरिने बताए। उनले कुन फर्मले फोन एसेम्बल गरिरहेको छ भनेर जानकारी दिन अस्वीकार गरे।
पछिल्लो दिनमा केन्याले घरेलु फोन उत्पादनलाई प्रशय दिन कम्पनीहरुलाई आकर्षित गरिरहेको छ।
यसअघि नै एचएमडी ग्लोबलले केन्यामा नोकिया-ब्रान्डेड स्मार्टफोनहरू एसेम्बल गर्ने योजना घोषणा गरेको थियो।
प्रकाशित: ७ जेष्ठ २०८०, आईतवार