स्टार्टअप कोष स्थापना गरिने, महावीर पुनको चाहना पुरा

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार
स्टार्टअप कोष स्थापना गरिने, महावीर पुनको चाहना पुरा

काठमाडौं ।

सरकारले स्टार्टअप कोष स्थापना गर्ने भएको छ। नवप्रवर्दन अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तार तथा प्रोत्साहन गर्न नवप्रवर्दन तथा आविष्कार कोष स्थापना गरिने भएको छ।

सरकारको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै उक्त घोषणा गरे।

यस अघि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच स्टार्टअप कोष स्थापना हुने सहमति भएको थियो।

आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रममा सरकारले डिजिटल स्वाइल म्यापिङ्ग समेत लागू गर्ने भएको छ।

नीति तथा कार्यक्रम पारित भएपछि प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीले सदनमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्नेछन्।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार