हेलो सरकारलाई स्थानीय तहमा पुर्याईने, बायोमेट्रिक लिने कार्य एक पटक मात्र गरिने

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार
हेलो सरकारलाई स्थानीय तहमा पुर्याईने, बायोमेट्रिक लिने कार्य एक पटक मात्र गरिने

काठमाडौं ।

सरकारले हाल केन्द्रमा मात्र रहेको हेलो सरकारको सेवालाई अब स्थानीय तहसम्म पुर्याउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रममा उक्त घोषणा गरे।

उनले हेलो सरकारलाई थप प्रभावकारी बनाईने र स्थानीय तहसम्म पुर्याईने बताए। यसका साथै सरकारी कार्यको गुणस्तरीयता मापनका लागि समेत उपयोग गरिने भएको छ।

यसका साथै सरकारले राहदानी, राष्ट्रिय परिचय पत्र र नो अब्जेक्सन लेटरलाई समयमै उपलब्ध गराईने व्यवस्था गर्ने भएको छ भने डिजिटल सुरक्षा प्रणालीको विकास गर्ने भएको छ।

राष्ट्रिय परिचय पत्र बितरण तथा दर्तालाई अभियानको रुपमा संचालन गर्ने र स्थानीय तहबाटै गरिने भएको छ भने बायोमेट्रिक लिने कार्य एक पटक मात्र हुने र त्यस्तो प्रणालीलाई परिचय पत्रसँग जोडिने भएको छ।

आगामी दिनमा बैंक खाता, जग्गाधनी पूर्जा लगायतका सेवालाई राष्ट्रिय परिचयपत्रसँग जोडिने भएको छ।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ५ जेष्ठ २०८०, शुक्रबार