इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनका लागि कानून ल्याउने

  • Technology Khabar | ५ जेष्ठ २०८०, शुक्रबार
इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनका लागि कानून ल्याउने

काठमाडौं ।

सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनलाई नियमन गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०।८१ को लागि नीति तथा कार्यक्रममा इन्टरनेट सेवामा आधारित विज्ञापनलाई नियमनको दायरामा ल्याउने र व्यवस्थित गरिने घोषणा गरे।

यसका साथै सरकारले डाटा एक्सचेन्ज प्लेटफर्म तयार गर्ने भएको छ।

त्यसैगरी सरकारले दूरसञ्चार सेवालाई थप सुलभ र प्रतिस्पर्धी बनाउन दूरसञ्चार विद्येयक ल्याउने भएको छ भने दूरसञ्चार पूर्वाधारको सह प्रयोगलाई प्रोत्साहन गरिने घोषणागरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार