एसइई उत्तीर्ण छात्रालाई कम्प्युटर

  • Technology Khabar | ४ जेष्ठ २०८०, बिहीबार
एसइई उत्तीर्ण छात्रालाई कम्प्युटर

काठमाडौं ।

वीरगन्ज महानगरपालिका–३० को वडा कार्यालयले उक्त वडाबाट एसइई परीक्षा उत्तीर्ण गरेका १६ जना छात्रालाई कम्प्युटर प्रदान गरेको छ। वडाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा एक कार्यक्रम आयोजना गरी ती छात्राहरूलाई कम्प्युटर प्रदान गरिएको हो।

निर्वाचनमा आफूले गरेको घोषणाबमोजिम एसइई परीक्षा उत्तीर्ण गरेका छात्राहरूलाई वडाको बजेटबाट कम्प्युटर वितरण गरिएको वडाध्यक्ष मनोजकुमार यादवले जानकारी दिए। वडाको लालपर्सा र प्रसोतीपुर टोलका १६ जना छात्रालाई एक/एक सेट कम्प्युटर प्रदान गरिएको उक्त कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र सङ्घीय सांसद प्रदीप यादवले छात्राहरूलाई कम्प्युटर सेट हस्तान्तरण गरेका थिए।

शिक्षा क्षेत्रको विकासका लागि आफू कटिबद्ध रहेको बताउँदै वडाध्यक्ष यादवले छात्राहरूलाई पठनपाठनमा सहज होस् भनेर कम्प्युटर वितरण गरिएको बताए। गोरखापत्रबाट

प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार