२०२३ को पहिलो त्रैमासिकमा भिडियो गेम कम्पनी टेन्सेन्टको राजश्व ११ प्रतिशत बढ्यो

  • Technology Khabar | ४ जेष्ठ २०८०, बिहीबार
२०२३ को पहिलो त्रैमासिकमा भिडियो गेम कम्पनी टेन्सेन्टको राजश्व ११ प्रतिशत बढ्यो

काठमाडौं ।

चीनको टेन्सेन्ट होल्डिङ्स लिमिटेडको २०२३ को पहिलो त्रैमासिकमा राजश्व वृद्धि भएको छ। एक वर्ष अघि कोभिड–१९ सम्बन्धी अवरोधहरू र गेमिङ इजाजतपत्रहरूमा नियामकको कडाईबाट मुक्त भएकाले कम्पनीको राजश्व वृद्धि भएको रोयटर्सले उल्लेख गरेको छ।

विश्वको सबैभन्दा ठूलो भिडियो गेम कम्पनी र विच्याट मेसेजिङ प्लेटफर्मको अपरेटरले बुधबार विश्लेषकको अपेक्षालाई पछि छोड्दै राजश्वमा ११ प्रतिशत वृद्धि गरेको हो।

२०२३ को जनवरी देखि मार्चको तीन महिनाको अवधिमा कम्पनीले १४९.९८ बिलियन युआन आर्थत २१.७० बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ।

कम्पनीको खुद नाफा ११ प्रतिशतले बढेर २५.८३ बिलियन युआन पुगेको छ।

टेन्सेन्टले गत वर्ष आफ्नो पहिलो वार्षिक राजश्व गिरावट भएको रिपोर्ट प्रस्तुत गरेको थियो। चीनले हाल छोडेको शून्य कोभिड नीतिको साथ साथै नियामकहरुले गेमिङ इजाजतपत्रमा एक महिना लामो फ्रिज गर्ने व्यवस्थाले कम्पनीलाई नयाँ गेम जारी गर्नबाट रोकेको थियो।

सरकारले गत वर्ष लाइसेन्स स्वीकृति पुनः सुरु गरेपछि यो वर्ष रिबाउन्ड हुने सम्भावना छ। फर्मले सोमबार गेमहरुको पाइपलाइन सार्वजनिक गरेको छ जसमा सात शीर्षकहरू यस समरमा अनलाइन जान तयार छन्।

‘२०२३ को पहिलो त्रैमासिकमा, हामीले हाम्रो भुक्तान मात्राले घरेलु उपभोग रिकभरी, हाम्रो गेम राजश्वमा सुधार, र हाम्रो विज्ञापन राजस्वले द्रुत वृद्धिलाई निरन्तरता दिई लाभान्वित र सहज भएकोले ठोस राजश्व वृद्धि हासिल ग¥यौं,’ टेन्सेन्टले एक विज्ञप्तिमा भन्यो।

टेन्सेन्टका दुइ सबैभन्दा लोकप्रिय गेमहरु अनर अफ किंस र क्रसफायरले नयाँ थपियका फिचर र प्रवर्धनका लागि रकेर्ड राजश्व संकल गरे। साथ नयाँ लन्च गरिएका गेमहरुले पनि ठोस बिक्री र प्रयोगकर्ता वृद्धिमा रेकर्ड प्राप्त गरे।

टेन्सेन्टको घरेलु गेमिङ राजश्व ६ प्रतिशतले बढेर ३५.१ बिलियन युआन र अन्तर्राष्ट्रिय गेमिङ राजश्व २५ प्रतिशतले बढेर १३.२ बिलियन युआन पुगेको छ।

टेन्सेन्टको अनलाइन विज्ञापनबाट हुने आम्दानी १७ प्रतिशतले बढेर २१ अर्ब युआन पुगेको छ।

फिनटेक र विजनेस सर्भिसको राजश्व १४ प्रतिशत बढेर ४८.७ बिलियन युआन पुगेको छ। फर्मले यी क्षत्रेहरुमा विस्तार जारी राखेको छ।

प्रकाशित: ४ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार