सामसङ र एप्पलका डिलरको दबाबमा नेपालीलाई फोन ल्याउन रोकियो:- सांसद बजगाईँ

  • Technology Khabar | १ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेपालमा मोबाइल आयात गर्ने बिचौलियाहरुको दबाबमा नेपालीहरुलाई व्यक्तिगतरुपमा मोबाइल ल्याउन रोक लगाईएको सांसदले आरोप लगाएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सामसङ, एप्पललगायतका मोबाइल कम्पनीका एजेन्टहरुको दबाबमा नेपालीहरुलाई मोबाइल ल्याउन रोक लगाईएको बताए।

उनले दबाबमा प्रधानमन्त्रीलेसमेत नेपालीहरुले घरमा ल्याईदिने मोबाइल गिफ्ट ल्याउन प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेको आरोप लगाए।

“अहिले पनि फेरी घुमाएर सामसङ वा एप्पलका डिलरहरुले  गर्दा घरमा ल्याउने मोबाइल ल्याउन बन्देज गरिएको छ। यो आधारभूत अधिकार विरुद्ध हो। उनीहरुले कुनै कम्पनीले मोबाइल फोन निर्माण गर्दैनन् तर उनीहरुले रोक लगाए। सांसद बजगाईँले भने।

यसका साथै उनले नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको कोषलाई देशभरका दूर्गम क्षेत्रमा इन्टरनेट र सूचना प्रविधिको बिस्तारमा खर्च गर्न समेत माग गरे।

आजैदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गरेको छ भने सरकारले भन्सारमार्फत वैदेशिक रोजगारीमा गएकाहरुले मात्र २ ओटा फोन ल्याउन पाउने नियम लागू गरेको छ।

प्रकाशित: १ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार