अनलाइनबाट नो अब्जेक्सन लेटर लिन सकिने सुबिधा शुरु

  • Technology Khabar | १ जेष्ठ २०८०, सोमबार
अनलाइनबाट नो अब्जेक्सन लेटर लिन सकिने सुबिधा शुरु
फाइल तस्विर

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा एनओसीले अनलाइनमार्फत वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिनसक्ने व्यवस्था गरेको छ।

सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था सुरु गरिएको हो।

कार्यक्रम शुरुवात गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरु हुनु प्रशंसनीय भएको बताए।

आज सोमबारदेखि लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...