ताजा समाचार

सामसङ इलेक्ट र टेस्लाका प्रमुखहरूबीच नविनतम प्रविधिमा सहकार्य गर्ने बारे छलफल

सामसङ इलेक्ट र टेस्लाका प्रमुखहरूबीच नविनतम प्रविधिमा सहकार्य गर्ने बारे छलफल
Global IME Bank

सामसङ इलेक्ट्रोनिक्सका कार्यकारी अध्यक्ष जे वाई लीले टेस्लाका सीईओ इलन मस्कसँग गत बुधबार भेटेका छन र भविष्यका उच्च-प्रविधि उद्योगहरूमा सहकार्य गर्ने तरिकाहरूबारे छलफल गरेको सामसंगले आइतबार जानकारी दिएको छ।

“दुई कम्पनीहरू हाल स्वायत्त सवारी साधनहरूको लागि सेमिकण्डक्टर  जस्ता आईटी सम्बन्धित टेक्नोलोजीहरूको विकासमा सहयोग गर्ने तरिकाहरू खोजिरहेका छन्,” सामसङले थप्यो।

लीको संयुक्त राज्य अमेरिका भ्रमणको क्रममा यो भेट भएको थियो र यो दक्षिण कोरियाली चिप विशालका प्रमुख र अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीका प्रमुखहरू बीचको पहिलो भेट भएको कम्पनीले भन्यो।

Sajilo Visa
easy care