इन्टरनेट गभर्नेन्स मल्टी–स्टेकहोल्डर फोरममा सहभागी हुन युथ आईजीएफले फेलोसिप दिने

Technology Khabar ३१ बैशाख २०८०, आईतवार

काठमाडौं ।

युथ आईजीएफले (Youth IGF (yIGF) वार्षिक मल्टी–स्टेकहोल्डरमा सहभागी हुनका लागि नेपाल फेलोशिप २०२३ आवेदन खुला गरेको छ।

फेलोशिपले २९ मे २०२३ मा हुने वार्षिक मल्टी–स्टेकहोल्डर खुला फोरममा उपस्थित हुन छात्रवृत्ति प्रदान गर्ने बताईएको छ। यसमा प्रत्येक प्रदेशबाट २ जनागरी फेलोशिपले ७ प्रदेशबाट १४ सहभागी छनोट गर्ने आयोजकले जानकारी दिएको छ।

युथ आईजीएफ नेपाल युवाहरूको राष्ट्रिय पहल हो जसको उद्देश्य युवाहरूमाझ इन्टरनेट सुशासनका मुद्दाहरू बारे चेतना र समझलाई बढावा दिनु हो।

यो पहल बृहत् युथ इन्टरनेट गभर्नेन्स फोरम (युवा आईजीएफ) मुभमेन्टको एक हिस्सा हो, जसको उद्देश्य युवाहरूलाई इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित छलफल र निर्णयमा संलग्न हुन मञ्च प्रदान गर्नेछ।

युथ आईजीएफका संस्थापक सदस्य उदीप बरालले भने, “फेलोशिपले युवाहरूलाई आफ्नो प्रदेशको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दछ। र नेपालमा इन्टरनेटको भविष्यको बारेमा महत्त्वपूर्ण छलफलमा सहभागिताका लागि योगदान पुर्याउँछ।”

यदि तपाईँपनि यसमा सहभागी हुन चाहनुहुन्छ भने तलको लिंकमा क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ।

फेलोशिप आवेदन बुझाउन्-  https://yigf.org.np/youth-igf-nepal-2023-fellowship-application/

उपत्यका भित्रका युवाहरूको लागि आवेदन- https://yigf.org.np/youth-igf-nepal-registration-2023/

प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया