एक महिनामा क्यूआर मार्फत हुने भुक्तानी २ अर्ब ११ करोडले बढ्यो

  • Technology Khabar | ३१ बैशाख २०८०, आईतवार
एक महिनामा क्यूआर मार्फत हुने भुक्तानी २ अर्ब ११ करोडले बढ्यो

काठमाडौं ।

नेपालमा क्यूआर मार्फत हुने भुक्तानी बढ्दो क्रममा देखिएको छ। क्यूआरबाट २२ अर्ब ८९ करोड २० लाख रुपैयाँ भुक्तानी भएको नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०७९ चैतको मासिक भुक्तानी प्रणाली सूचकमा देखिएको हो।

फागुन क्यूआरबाट २० अर्ब ७७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको देखिएको हो। एक महिनामा क्यूआरबाट हुने भुक्तानी २ अर्ब ११ करोड ६० लाख रुपैयाँले बढेको हो।

चैतमा क्यूआरबाट ७६ लाख ४४ हजार ७९१ पटक कारोबार भएको छ।

चालु आवको माघमा १७ अर्ब ७६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

पछिल्लो समय तरकारी पसल, सपिङ मल लगायत विभिन्न ठाउँमा भुक्तानीका लागि क्यूआरको सहज उपलब्ध हुँदा कारोबार रकम बढ्दो क्रममा देखिन्छ।

प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार