नेपाल टेलिकमको त्रैमासिक कुल आम्दानी ६७ करोड १८ लाखले बढ्यो, नाफामा झिनो रकमले कमी

  • Technology Khabar | ३० बैशाख २०८०, शनिबार
नेपाल टेलिकमको त्रैमासिक कुल आम्दानी ६७ करोड १८ लाखले बढ्यो, नाफामा झिनो रकमले कमी
फाइल

काठमाडौं ।

नेपाल टेलिकमको आ.व. २०७९/८० को  तेस्रो त्रैमासिकमा कुल आम्दानीमा सुधार भएको छ भने नाफामा कमी आएको छ।

कम्पनीले आज सार्वजनिक गरेको आ.व. २०७९/८० को तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार आम्दानीमामा वृद्धि हुनुमा हुनुमा डाटा सेवामा सुधार हुनु र  घरेलु अन्तरआवद्धता तर्फको संचालन खर्च कम हुनुलाई कारण मानेको छ।

गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त ) सम्ममा रु ८७ करोड २९ लाख ६४ हजार (अर्थात, ३.०९ प्रतिशत) ले कमी भई रु २७ अर्व ३४ करोड ६६ लाख ४७ हजार रहेको छ।

यस्तै गत आ.व. को नौ महिनाको अवधि (२०७८ चैत्र मसान्त) सम्मको कुल आय रु. ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ चैत्र मसान्त) सम्ममा कुल आय रु. ६७ करोड १८ लाख ३५ हजार (अर्थात् २.०६ प्रतिशत ) ले वृद्धि भई रु. ३३ अर्व २० करोड ८५ लाख ६५ हजार रहेको छ।

गत आ.व. को नौ महिनाको अवधि(२०७८ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्व ४३ करोड ५३ लाख ४६ हजार रहेकोमा चालु आ.व. को सोही अवधि  (२०७९ चैत्र मसान्त ) सम्म रु. २ करोड ३३ लाख ७१ हजार (अर्थात, ०.४३ प्रतिशत) ले कमी भई रु ५ अर्व ४१ करोड १९ लाख ७४ हजार रहेको छ

गत आ.व.को नौ महिनाको अवधिको तुलनामा चालु आ.व.को सोही अवधि सम्मको खुद मुनाफा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार रहेको जनाएको छ:-

  • डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटा तर्फ करिब रु. ७७ करोड ५० लाख २६ हजार वृद्धि भएको
  • अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसार घरेलु अन्तरआवद्धता शुल्क (Tariff) मा कमी आएको र सो संग सम्बन्धित खर्चमा समेत कमी आएको।
  • अन्तरआवद्धता सम्वन्धी निर्देशिका अनुसार Domestic अन्तरआवद्धता शुल्क (Tariff) मा कमी आएको र OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब रु. ५७ करोड ५८ लाखले कमी भएको
  • विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको।
  • आर्थिक ऐन, २०७९ बाट दूरसंचार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा असर पर्न गएको |
  • कम्पनीको लेखा नीति तथा NFRS वमोजिम गणना गर्दा Impairment मा गत आ.व.मा भन्दा बढी खर्च आएको।

४.३ गैर कार्य संचालन आयमा भएको परिवर्तन:

  • बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु.१ अर्ब ७३ करोड ९९ लाखले वृद्धि भएको ।
  • बिदेशी विनिमय दरमा भएको परिवर्तनका करिब रु.५ करोड ४६ लाख Foreign exchange Gain भएको ।

प्रकाशित: ३० बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार