
काठमाडौं ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
फेसबुकमा साथी बनी म्यासेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लीलजन्य क्रियाकलाप गर्न बाध्य पारेर सोको स्क्रिन रेकर्ड पीडित महिलालाई नै बारम्बार पठाइ आफू अनुकूल फाइदा लिने काठमाडौँको कीर्तिपुरका नरेन्द्र केसी पक्राउ परेका हुन्।
उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले कीर्तिपुरबाट पक्राउ गरेको हो।
आफ्नो योजना अनुसारको कार्य गर्न पीडित महिला तयार नभएपछि उनले महिलाका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाएर हैरानी गर्न थालेपछि पीडित महिलाले साइबर ब्यूरोमा उजुरी दिएको ब्यूरोका उप निर्देशक पशुपति कुमार रायले जानकारी दिए।
केसीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई सात दिनको म्यादसहित घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ बैशाख २०८०, बिहीबार