विपतको पूर्वसूचना दिन नयाँ प्रणाली

  • Technology Khabar | २८ बैशाख २०८०, बिहीबार
विपतको पूर्वसूचना दिन नयाँ प्रणाली
सांकेतिक तस्विर

काठमाडौं ।

कैलालीका तीन पालिकाका नौ स्थानमा बाढी प्रकोपबारे सूचना दिन अडियो इमर्जेन्सी वार्निङ एन्ड नोटिफिकेसन सिस्टम जडान गरिएको छ। यो सिस्टममा जोडिएका माइकहरूबाट विपत्का बेला सूचना प्रबाह गर्न र साइरन बजाएर प्रभावित क्षेत्रका मानिसलाई सचेत गराउन सकिने छ।

कर्णाली, मोहना, काँडा, पथरैया नदीबाट बर्सेनि प्रभावित हुने तीन पालिकाका तीन/तीन स्थानमा नाइक र साइरन जडान गरिएका हुन्। जानकी गाउँपालिकामा बाढीबाट धेरै प्रभावित हुने बडा नम्बर ४ को बड़ा कार्यालय मुनुवा कर्णाली नदीबाट प्रभावित हुने क्षेत्र वडा नम्बर ६ को बालज्योति आधारभूत विद्यालय जगतपुर र वडा नम्बर २ को वडा पनि जोडिने छ” प्राधिकरणका प्राविधिक कार्यालय खैरीफाँटामा सिस्टम जडान गरिएको छ।

यसै गरी टीकापुर नगरपालिका-२, विजयनगर स्वास्थ्य केन्द्र, बडा नम्बर ६ को कार्यालय बेलुवा र वडा नम्बर ७ को भानु सामुदायिक पुस्तकालयमा राखिएको टीकापुर नगरपालिकाका विपत् सम्पर्क व्यक्ति निर्मला चौधरीले जानकारी दिईन्।

भजनी नगरपालिका-३ को दैलेखी टोलस्थित उच्च घर वडा नम्बर ५ को वडा कार्यालय र वडा नम्बर ८ को कृष्णध्वज चन्द्र माबिमा राखिने छ। यो पालिकामा विभिन्न नदी प्रणालीबाट बर्सेनि कटान, डुबान र बगाउने समस्या छ।

“अडियो इमर्जेन्सो वार्निङ एन्ड नोटिफिकेसन सिस्टम स्थानीय, जिल्ला, प्रदेश र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा
उपसचिव राजेन्द्र शर्माले भने “सिस्टम जोडिएका स्थानबाट स्विच दबाएमा यस वरपर दुई किलोमिटरसम्म साइरन बज्ने र एसएमएसमार्फत सन्देश पठाउन सकिने छ।”

यसअघि बिपत आउँदा हाते माइकको सहायता, व्यक्तिले व्यक्तिलाई खबर गर्ने, हाते माइकबाट विपत्का बेला सूचना दिन स्थान खाली उद्धारका काम गरिरहेकामा साइरन जडान भएपछि प्रभावित क्षेत्रका मानिसले छिटो सूचना पाउने भएका छन् ।

जानकी गाउँपालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख नेत्रप्रसाद जैसीले नयाँ प्रणालीमार्फत स्थानीय भाषामा सबैले बुझ्ने गरी सूचना प्रबाह गर्दा विपत्को जोखिम घट्ने बताए। गोरखापत्रबाट

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...