
काठमाडौं ।
‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन्।
आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नु हुने ग्राहकलाई रु ५० बोनस दिदै आएकोमा सो बोनस रकम बढाइ रु. १०० दिने निर्णय गरिएको हो ।
अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुन सुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वोर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पेमा प्राप्त गर्दा ग्राहकले १०० बोनस पाउने छन् ।
प्रकाशित: २७ बैशाख २०८०, बुधबार