फेक अडियोको अनुसन्धान गरियोस् भन्दै सांसद डा. आरजु राणाद्वारा साइबर ब्यूरोमा निवेदन

  • Technology Khabar | २७ बैशाख २०८०, बुधबार
फेक अडियोको अनुसन्धान गरियोस् भन्दै सांसद डा. आरजु राणाद्वारा साइबर ब्यूरोमा निवेदन

काठमाडौं ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन्।

नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको सो अडिओको सत्यतथ्यसमेत पत्ता लगाउन माग गर्दै आरजुले आज साइबर ब्यूरोमा उजुरी दिएकी हुन्।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी हुन्।

साइबर ब्यूरो भोटाहिटीमा दिएको उजुरीमा उनले भनेकी छन्, “विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भुटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषि माथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निबेदन पेश गरेको छु।”

पछिल्लो समय नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थीका सम्वन्धमा अनुसन्धान र आरोपीहरुलाई पक्राउ गर्दै आएको छ।

प्रकाशित: २७ बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...