
काठमाडौं ।
केही समयदेखि आईफोन ह्याप्टिक बटनहरूको बारेमा अफवाहहरु फैलिरहेको छ, हामीले सोचेको रूपमा तत्काल नभए पनि यो प्रविधिले भविष्यमा कुनै समयमा हार्डवेयर फिजिकल बटनहरूलाई प्रतिस्थापन गर्नेछ। अहिलेको अबस्थालाई हेर्दा आईफोन १६ मा ह्याप्टिक बटनहरू अर्को वर्ष आउने बताइएको छ।
यसअघि यो आईफोन १५ लाइनअपमा हुने सुझावहरु दिएको थियो। तर ब्लूमबर्गका मार्क गुरम्यानले दिएको यस सप्ताहन्तको रिपोर्टअनुसार एप्पलले आफ्नो मन परिवर्तन गरेको देखिएको तथा एप्पलले आईफोन १५ मा यो प्रविधिको परिचय रद्द गर्दै ती योजनाहरूलाई अर्को वर्षको लागि आईफोन १६ ह्याप्टिक बटनहरूको साथ छोडेको बताइएको छ। आईफोन पर्खिरहेकाहरुका लागि यो लाइनअपमा पुरानो फेसन भौतिक बटनहरूसँगै आउन सक्ने बताइएको छ।
गुर्मनले एप्पलको निर्णयको मुख्य कारण लागत र जटिलता रहेको बताएका छन्। आन्तरिक परीक्षणहरूले अझै पनि कार्यक्षमताको लागि केहि समय लाग्ने देखिएको बताइएको छ। एप्पलले अर्को वर्ष आईफोन १६ प्रो लन्च नभएसम्म ‘सोलिड स्टेट’ टेक्नोलोजी नै राख्ने विश्वास गरिन्छ।
एप्पल विश्लेषक मिंग ची कुओले पनि एप्पलले आईफोन १६ प्रोको सुरुवात नभएसम्म ‘सोलिड स्टेट’ बटनहरू आउने योजना नभएको दावी गरेका छन्। उनले तर्क गर्ने कारणहरू बृहत् उत्पादन अघि समधान नभएको प्राविधिक समस्याहरू हुन्। अन्य कारण जे भएपनि आईफोन १६ प्रो ह्याप्टिक बटनको रूपमा प्रस्तुत गरिने बताइएको छ।
सोलिड स्टेट बटनहरू अर्को वर्षको आईफोन १६ मोडेलहरूमा सीमित हुनेछन्। सस्तो आइफोन १६ मोडलहरूले आईफोन १४ र आईफोन १५ जस्तै भोल्युम बटन डिजाइन कायम राख्ने बताइएको छ।
अर्कोतर्फ, धेरैले ह्याप्टिक टेक्नोलोजी प्रयोग गर्न सुविधाजनक नहुने पनि तर्क गरिएको बताइएको छ। सही अनुभव प्राप्त गर्न औंलाहरूलाई आवश्यक केही शारीरिक सीमानाहरूको कारणले ह्याप्टिक टेक्नोलोजी प्रयोग गर्न सुविधाजनक नहुने बताइएको हो।
प्रकाशित: २६ बैशाख २०८०, मंगलवार