एप्पल आर्केडमा २० नयाँ गेम थप

  • Technology Khabar | २३ बैशाख २०८०, शनिबार
एप्पल आर्केडमा २० नयाँ गेम थप

काठमाडौं ।

एप्पलले एप्पल आर्केडमा २० नयाँ विशेष शीर्षकहरू थपेर आफ्ना प्रयोगकर्ताहरूका लागि गेमिङ अनुभव वृद्धि गर्ने भएको छ। कम्पनीसँग एप्पल डिभाइसमा मात्र उपलब्ध २०० भन्दा बढी प्रभावशाली खेलहरूको संग्रह पहिलेदेखि नै छ।

नयाँ थपिएका गेमहरु मध्येमा वाट द कार?, टीएमएनटी स्पिलन्टर्ड फेट, डिज्नी स्पेलस्ट्रक, र सिटीस्केपहरुः सिम बिल्डर, सबै एक युनिक र इमर्सिभ गेमिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। थप चर्चित गेमहरु पहिले एप स्टोरमा मात्र उपलब्ध थिए। टेम्पलर रनप्लस, प्लेडेड लिम्बोप्लस, पीपीकेपीप्लस र अन्य धेरै गेम अब एप्पल आर्केडमा पहुँचयोग्य हुने लाइभमिन्टले उल्लेख गरेको छ।

एप्पल आर्केडका सिनियर डाइरेक्टर एलेक्स रोफम्यानले प्लेटफर्मको गेमिङ संग्रहको विस्तारमा उत्साह व्यक्त गर्दै यसले प्रयोगकर्ताहरूलाई एक्सप्लोर गर्नका लागि सयौं मनोरञ्जनात्मक शीर्षकहरूको विविध चयन गर्न सक्ने बताए।

२० ओटा नयाँ गेमहरुको हालैको सुरवातले एप्पल आर्केडको क्याटलगलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ। जले गेमरहरुलाई रमाइलो गर्न र साथीहरुसँग गेम खेल्नका विभिन्न विकल्प हुनेछ।

प्रकाशित: २३ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×