ह्याक भएको गोरखापत्र अनलाइनको फेसबुक पेज पहुँचमा आयो

  • Technology Khabar | २० बैशाख २०८०, बुधबार
ह्याक भएको गोरखापत्र अनलाइनको फेसबुक पेज पहुँचमा आयो

काठमाडौं ।

लामो समयदेखि अनधिकृत व्यक्तिको पहुँचमा गएको गोरखापत्र अनलाइनको फेसबुक पेज पुनः प्रयोगमा आएको छ।

नेपाल प्रहरी साइबर ब्यूरोको विशेष पहलमा मंगलबार फेसबुक पेज गोरखापत्र एडमिनको पहुँचमा आएको जानकारी दिएको हो।

नेपाल प्रहरी साइबर ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्यालको टोलीको विशेष पहलमा पेज पुनः प्रयोगमा आएको बताईएको छ। २०७९ चैत ९ गते साँझदेखि सो पेज गोरखापत्र एडमिनको पहुँच बाहिर गएको थियो।

ब्यूरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीन ताम्रकारका अनुसार फेसबुकको टिमसँग निरन्तरको संवादबाट पेज पुनः प्रयोगमा ल्याउन सफलता मिलेको हो। मंगलबार दिउँसो २ बजेबाट फेसबुक पेज पुनः एडमीनको पहुँचमा आएको गोरखापत्रले जनाएको छ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार