सामसङ ग्यालेक्सी जेड फ्लिप ५ को उच्च–गुणस्तरका रेन्डरहरू अनलाइनमा देखा परे

  • Technology Khabar | १९ बैशाख २०८०, मंगलवार
सामसङ ग्यालेक्सी जेड फ्लिप ५ को उच्च–गुणस्तरका रेन्डरहरू अनलाइनमा देखा परे

काठमाडौं ।

ग्यालेक्सी जेड फ्लिप ५ को उच्च–गुणस्तरका रेन्डरहरू अनलाइनमा देखा परेका छन्। यसअघि सामसङ ग्यालेक्सी जेड फोल्ड ५का विस्तृत रेन्डरहरू देखा परेका थिए।

यद्यपि जेड फ्लिप ५ लाई रेन्डरहरूमा दखिएको यो पहिलो पटक भने नभएको भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।

लीक भएका ईमेजरूको नयाँ ब्याचले फ्लिप५मा फोल्डर–आकारको एक्सटर्नल डिस्प्ले रहेको पुष्टि गर्नुका साथै साइड फ्रेम सामान्य भन्दा अझ फ्ल्याट भएको देखिएको छ। गत हप्ता देखिएको एउटा रेन्डरले पनि हालको फ्लिप ४ को जस्तै फ्रेम डिजाइन भएको चित्रण गरेको थियो भने नयाँ रेन्डरहरूले पूर्णरूपमा फ्ल्याट डिजाइन देखाएको छ।

साथै नयाँ आउटर डिस्प्लेको आकारलाई समायोजन गर्न भनेर क्यामराको अलाइनमेन्ट अब ठाडोको सट्टा तेर्सो भएको उल्लेख गरिएको छ।

त्यसैगरी नयाँ हिंज डिजाइनको बारेमा रहेका अफवाहहरू पनि वास्तबिकतामा परिणत हुन सक्ने उल्लेख गरिएको छ। फोनको दुई भागहरू बीचको अन्तर लगभग अस्तित्वहीन भएको यी रेन्डरहरूमा देख्न सकिने बताइएको छ।

हिंज डिजाइनमा स्पष्ट रूपमा परिवर्तन देख्न सकिने र यो अब फ्ल्याटर देखिएको छ। सायद यही कारणले गर्दा सामसङले यस पटक फ्ल्याट फ्रेमलाई चयन गरेको हुन सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार