‘आईसीटी डे’ कै दिन आईसीटी क्षेत्रमा आबद्ध रुद्रराज पाण्डे र महावीर पुन बिच सामाजिक सञ्जालमा जुहारी

Technology Khabar १९ बैशाख २०८०, मंगलवार

काठमाडौं ।

आज छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने गरी जनचेतना जगाउन मनाईँदै गरेको आईसिटी डेको दिनमै नेपालको सूचना प्रविधि क्षेत्रका दूई हस्तिहरु बिच जुहारी चलेको छ।

हालै नवप्रवर्तन, आविश्कार र अनुसन्धानका लागि भन्दै माइतीघर मण्डलामा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको नेतृत्वमा धर्ना आयोजना गरिएको थियो। उक्त धर्ना समाप्त गर्ने र सरकारले उनका माग पुरा गर्ने सम्झौता समेत आईतवार भईसकेको छ।

सोहि धर्नाको विषयलाई लिएर आईटी क्षेत्रका दुई चर्चित व्यक्तिहरु डा. पुन र डा. रुद्रराज पाण्डेबीच सामाजिक संजालमा जुहारी शुरु भएको छ।

डा. रुद्रराज पाण्डेलाई सूचना प्रविधि क्षेत्रमा लगानी गरेर अर्बपति भएको व्यवसायीको रुपमा चिनिन्छ भने डा. पुनले नेपालका दूर्गम क्षेत्रमा सूचना प्रविधि र सञ्चार सेवा पुर्याउन महत्वपूर्ण योगदान दिएका छन्। उनले हाल राष्ट्रिय आविष्कार केन्द्रमार्फत विभिन्न नवप्रवर्तन र अनुसन्धानका कार्य गर्दै आएका छन्।

यस्तै पाण्डेले सूचना प्रविधि कम्पनी डियरवाकमा लगानी गरेका थिए भने हाल उनी आईटी विषय अध्ययन गराउने डियरवाक कलेज तथा हाम्रोपात्रोका लगानीकर्ता समेत हुन्। यस बाहेक उनको विदेशका आईटी कम्पनीहरुमा समेत लगानी छ।

यसैबीच डा. पुनको सो धर्ना कार्यक्रम र सरकारसँगको सम्झौता बारेमा दुईबीच जुहारी शुरु भएको हो। ट्विटरमा डा. पाण्डेले सिधै डा. पुनलाई चप्पल पडकाएर हिँडदैमा आविश्कार नहुने भन्दै कटाक्ष गरेका छन्। उनले सरकारले पनि गलत तरिका अपनाएको भन्दै आविश्कारको बिजारोपण गर्न विश्वविद्यालयलाई सुधार्नुपर्ने सुझाब दिएका छन्।

https://twitter.com/rudrarajpandey/status/1653214483408625665

उता डा. पुनले पनि त्यसको जवाफमा आफ्नो रकम फिर्ता गर्न पाण्डेलाई चेतावनी नै दिएका छन्। उनले पाण्डेको ट्वीटमा जवाफ दिँदै २२ हजार डलर तत्काल फिर्ता गर्न भनेका हुन्।

तर डा. पुनले सो २२ हजार डलर कस्ले लगेको र किन फिर्ता गर्ने भन्ने बारेमा भने बिस्तृत खुलाएका छैनन्।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया