स्वीडेनले इलेक्ट्रिक गाडी गुडिरहँदा चार्ज हुने राजमार्ग बनाउने

  • Technology Khabar | १८ बैशाख २०८०, सोमबार
स्वीडेनले इलेक्ट्रिक गाडी गुडिरहँदा चार्ज हुने राजमार्ग बनाउने

काठमाडौं ।

स्वीडेनले संसारकै पहिलो ई–मोटरवे निर्माण गर्ने भएको छ। स्वीडेनले सन् २०४५ सम्म ३००० किलोमिटर विद्यूतीय सडक विस्तार गर्ने भएको युरोन्यूजले उल्लेख गरेको छ।

इयूले गत महिना २०३५ देखि शून्य सीओ २ उत्सर्जनका कारहरु बिक्री गर्नु पर्ने ऐतिहासिक कानून पारित गरेको थियो। योसँगै यूरोपेली देशहरु जैविक इन्धन मुक्त गतिशीलताको लागि आवश्यक पूर्वाधार तयार गर्ने तरखरमा छन्। र स्वीडेनले अहिले हाइवेलाई स्थायी इलेक्ट्रिफाइड रोडमा परिणत गर्ने विश्वकै पहिलो देश बन्ने योजनामा छ।

इलेक्ट्रिफाइड रोडमा कर र ट्रकहरु ड्राइभिङ गर्दा सिधै रिजार्ज गर्न सकिन्छ।

विशेषज्ञहरुका अनुसार डायनामिक चार्जिङले साना ब्याट्रीबाट लामो दूरीको यात्रा गर्न र चार्ज गर्न चार्जिङ स्टेशनमा पर्खिनु पर्ने बाध्यता हटाउनेछ।

स्वीडेनले विश्वको पहिलो अस्थायी विद्युतीय सडक सहित धेरै पाइलट परियोजनाहरू मार्फत इलेक्ट्रिफाइड रोडमा काम गरिरहेको छ।

‘हामीलाई लाग्छ कि इलेक्ट्रिफिकेसन सलुसन यातायात क्षेत्रलाई डेकार्बोनाइज गर्नको लागि अघि बढ्ने बाटो हो र हामी धेरै समाधानहरूसँग काम गरिरहेका छौं,’ स्वीडिस यातायात प्रशासन ट्राफिक रणनीतिक विकासका निर्देशक जान पेटर्सनले युरोन्यूजलाई भने।

यसले कसरी काम गर्छ?

आयोजना हाल खरिदको चरणमा छ र २०२५ सम्ममा निर्माण गर्ने योजना छ।

ई२०को लागि चार्ज गर्ने तरिका तय गरिएको छैन। तर त्यहाँ तीन प्रकारका चार्जहरु छन्ः क्याटेनरी सिस्टम, इन्डक्टिभ सिस्टम र कन्डक्टिभ सिस्टम।

क्याटेनरी सिस्टम हेभी–ड्युटी सवारी साधनहरूको लागि मात्र प्रयोग गर्न सकिन्छ। किनभने यसले विशेष प्रकारको बस वा ट्रामलाई बिजुली प्रदान गर्न ओभरहेड तारहरू प्रयोग गर्दछ।

सन् २०१८ मा ट्राफिकवर्केटले स्टकहोमको अरलान्डा एयरपोर्ट र रोजर्सबर्गको लजेस्टिक क्षेत्रमा पायलट रुपमा सार्वजनिक सडकमा इलेक्टिक सवारीका लागि संसारको पहिलो रेल उद्घाटन गरेको थियो।

२ किलोमिटर लामो स्ट्रेचमा, एक विद्युतीय रेल ट्रामरमा मिलाइएको छ जसमा विद्युतीय ट्रकहरूले शक्ति प्राप्त गर्ने चलिरहेको आर्मलाई तल राख्छन्।

कन्डक्टिभ चार्जिङले स्मार्टफोनका लागि चार्जर प्याड जस्तै काम गर्छ। चार्जर जडान गर्नुको सट्टा, यी विशेष विद्युतीय सवारीहरूमा सडकमा प्याड वा प्लेट हुन्छ र जब सवारी साधन माथि हुन्छ, प्याडले गाडीलाई ताररहित रूपमा चार्ज गर्दछ।

इन्डक्टिभ चार्जिङ सिस्टमले सडकमुनि गाडिएका विशेष उपकरणहरू प्रयोग गर्छ जसले विद्युतीय सवारी साधनको क्वाइलमा बिजुली पठाउँछ। त्यसपछि गाडीको क्वाइलले ब्याट्री चार्ज गर्न त्यो बिजुली प्रयोग गर्छ।

सन् २०२० मा, स्वीडेनले भिस्बी टापुको शहरमा हेभी ट्रक र बसहरूको लागि वायरलेस इलेक्ट्रिक सडक निर्माण गरेको थियो।

प्रकाशित: १८ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार