Technology Khabar २३ आश्विन २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, २३ असोज । सामसंगको एक स्मार्टफोनमा आगो लागेको समाचार अहिले विश्वभर फैलिएको छ । केहि समयअघि सामसंगको ग्यालेक्सी नोट सेभेनमा ब्याट्री पड्किएर आगो लागेको कारण कम्पनीले उत्पादन नै बन्द गरेको थियो ।
तर यस पटक भने कम्पनीको हालै सार्वजनिक गरिएका फ्ल्यागशिप फोनहरुमा भन्दा फरक पुरानो मोडलको स्मार्टफोनमा आगो लागेर पड्किएको हो ।
सामसंग ग्यालेक्सी डुओस (Samsung Galaxy Dous) स्मार्टफोनमा आगो लागेको घट्ना हालै इण्डोनेशियाबाट आएको छ । यहि ३० सेप्टेम्बरमा इण्डोनेशियाको एक होटलमा स्टाफको रुपमा कार्यरत कर्मचारी यूलिनातोको सामसंग ग्यालेक्सी डुओसमा आगो लागेर पड्किएको हो ।
सो आगलागीको भिडियो पनि सार्वजनिक भएको छ ।
सामसंगले सामसंग ग्यालेक्सी डुओस सन् २०१३ मा सार्वजनिक गरेको थियो ।
आगलागीको समयमा फोन यूजरको शर्टको गोजीमा राखेको फोनमा आगो लागेको थियो । यूजरले डेलीमेललाई बताएअनुसार उनलाई निकै गर्मीको महशुस भएको थियो, जबसम्म उनले के भएको थियो भनेर बुझ्नेबेलासम्म पकेटमा आगो लागिसकेको थियो र उनले तुरुन्त आफ्नो सर्ट निकालेर सुरक्षित भएका थिए ।
समाचार बाहिर आएपछि सामसंगले आधिकारिकरुपमा स्टेटमेन्ट जारी गरेको छ । जसमा यूजरले थर्डपार्टी चार्जरको प्रयोग गरेको र फोन पड्किएको बताएको छ । कम्पनीकाअनुसार यूजरले थर्ड पार्टीको ब्याट्री प्रयोग गर्दा यस्तो समस्या आएको बताएको छ ।
सामसंगले प्रयोगकर्ताहरुलाई ओरिजीनल सामसंगको ब्याट्री मात्रै आफ्नो स्मार्टफोनमा प्रयोग गर्न आग्रह समेत गरेको छ ।
एजेन्सी
सामसंग ग्यालेक्सी डुओसमा आगो लागेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: २३ आश्विन २०७४, सोमबार