
काठमाडौं ।
चीनमा गत साता आयोजित फाइभजी प्लस औद्योगिक इन्टरनेट सम्मेलन अनुसार दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा मार्चको अन्त्यसम्ममा ९,५०० भन्दा बढी ५जी आधार स्टेशनहरू निर्माण गरिएको छ। सो क्षेत्रमा फाइभजी प्रयोगकर्ताहरूको संख्या १० लाख ३ हजार नजिक पुगेको उल्लेख छ।
मार्चको अन्त्यसम्ममा फाइभजी नेटवर्कले तिब्बतका ७४ काउन्टी-स्तरीय क्षेत्रका मुख्य सहरी क्षेत्रहरूलाई समेटेको सम्मेलनले जनाएको छ।
उच्च गुणस्तरको आर्थिक र सामाजिक विकास र विभिन्न उद्योगहरूको डिजिटल रूपान्तरणलाई बढावा दिन तिब्बतले यस वर्ष २,३०० भन्दा बढी ५जी बेस स्टेशनहरू निर्माण गर्नेछ र सन् २०२५ को अन्त्यसम्ममा फाइभजी आधार स्टेशनहरूको संख्या १८,००० पुग्ने अपेक्षा गरिएको समाचार एजेन्सी शिन्ह्वाले जनाएको छ।
तिब्बतले सन् २०१९ मा आफ्नो पहिलो फाइभजी आधार स्टेशन संचालनमा ल्याएको थियो। हालैका वर्षहरूमा, स्वायत्त क्षेत्रले शिक्षा, चिकित्सा हेरचाह, यातायात र लजिस्टिक नेटवर्क अनुप्रयोगहरू र प्रविधिहरूलाई प्रवर्द्धन गर्दै आएको छ।
उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चिनियाँ अर्थतन्त्रमा फाइभजी प्रविधिको व्यापक प्रयोग भइरहेको छ।
प्रकाशित: १७ बैशाख २०८०, आईतवार