राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा टेलिकमको अफर, यस्तो छ सुबिधा

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा टेलिकमको अफर, यस्तो छ सुबिधा

काठमाडौं ।

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर अफर उपलब्ध गराएको छ। सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ।

यो अफर आईतबार (२०८० बैशाख १७) देखि प्रारम्भ भएको छ र आगामी २०८० बैशाख १९ सम्म लागु हुने जनाएको छ।

यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।

यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ।

S.N Package name Resource Validity (days) Tariff NRs. (Incl. of Tax)
1 1Mbps data unlimited +100 Min NT-NT Voice 1Mbps data unlimited +100 Min NT-NT Voice 1 49
2 6GB data 6GB 3 98
3 13GB Data 13GB 7 199
4 20GB Data 20GB 10 294
5 30GB Data 30GB 15 399

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...