पहिलो पटक वैज्ञानिकहरूले देखे ब्ल्याक होलबाट निस्किएको शक्तिशाली जेट

  • Technology Khabar | १५ बैशाख २०८०, शुक्रबार
पहिलो पटक वैज्ञानिकहरूले देखे ब्ल्याक होलबाट निस्किएको शक्तिशाली जेट

काठमाडौं ।

‘ब्ल्याक होल’ बारे थप जानकारी प्राप्त गर्न विश्वभरका वैज्ञानिकहरूले वर्षौंदेखि अनुसन्धान गरिरहेका छन्। यो विषयले वैज्ञानिकहरुलाई सँधै आकर्षित गरेको छ। यद्यपि ब्ल्याक होलको बारेमा अझै धेरै जानकारी छैन।

सन् २०१९ मा वैज्ञानिकहरूले ब्ल्याक होल देख्न सफल भएका थिए। उनीहरुले ‘मेसियर ८७’ (M87) नामक ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होल देखेका थिए। गत महिना, यस ब्ल्याक होलको अझ स्पष्ट तस्वीर आयो। र अब अर्को सफलता हात लागेको छ।

वैज्ञानिकहरूले यस ब्ल्याक होलबाट शक्तिशाली जेट विस्फोट भएको देखेका छन्। जसलाई युरोपेली साउदर्न अब्जर्भेटरीले भिडियोमार्फत सम्पूर्ण घटनाको व्याख्या गरेको छ।

‘मेसियर ८७’ (एम ८७) ग्यालेक्सीको केन्द्रमा रहेको ब्ल्याक होल पृथ्वीबाट करिब ५४ मिलियन प्रकाश वर्ष टाढा रहेको छ। रिपोर्टका अनुसार ब्ल्याक होलबाट उच्च ऊर्जायुक्त कणहरूको ठूलो जेट अन्तरिक्षमा निस्किएको देखियो। यो घटना खिच्नका लागि पृथ्वीका विभिन्न स्थानमा स्थापित १६ टेलिस्कोपले सँगै काम गरे।

१६ टेलिस्कोपहरूले मिलेर संयुक्तरुपमा पृथ्वीको आकारको डिश बनाउँदै एकल टेलिस्कोपको रूपमा काम गरे। जसका कारण ब्ल्याक होलबाट जेट निस्किएको देख्न सम्भव भएको थियो।

महत्त्वपूर्ण कुरा, ब्ल्याक होलहरू हाम्रो ब्रह्माण्डको ती घना क्षेत्रहरू हुन्, जहाँ यति धेरै गुरुत्वाकर्षण छ कि त्यहाँ सूर्यको प्रकाश पनि हराउँछ।
जब कुनै पदार्थ, जस्तै ग्याँस वा धुलो, ब्ल्याक होलमा खस्छ, यसले यसको वरिपरि डिस्क बनाउँछ। धेरै तातो हुँदा, त्यो डिस्कले शक्तिशाली विकिरण उत्सर्जन गर्छ। तिनीहरूलाई पृथ्वीमा अवस्थित टेलिस्कोपहरूद्वारा पत्ता लगाइन्छ। वैज्ञानिकहरूले जुन ब्ल्याक होलबाट जेट निस्किएको देखे, त्यसको द्रव्यमान हाम्रो सूर्यको द्रव्यमानभन्दा ६.५ अर्ब गुणा छ। यो आकाशगंगा हाम्रो मिल्की वे भन्दा ठूलो र धेरै चम्किलो छ।

उल्लेखनीय रूपमा, सबै ब्ल्याक होलहरूबाट शक्तिशाली जेटहरू निस्कन्छन्। वैज्ञानिकहरूले जेट कसरी बन्छन् भन्ने अध्ययन गरिरहेका छन्। वैज्ञानिकहरूले जेटलाई अझ गहिरोसँग बुझ्नका लागि ब्ल्याक होललाई अझ नजिकबाट हेर्न आवश्यक रहेको विश्वास गर्छन्।

गत महिना, जब वैज्ञानिकहरूले ब्ल्याक होलको स्पष्ट तस्बिर देखाए, यसलाई सम्भव बनाउन मेसिन-लर्निङ प्रविधिहरू प्रयोग गरियो। यस प्रविधिमा, वैज्ञानिकहरूले ती खाली ठाउँहरू पूरा गरे, जसको डाटा उनीहरूले पाएका थिएनन्।

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार