
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुनले बिहीबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सरकारले वेवास्था गरेको भन्दै डा. पुन धर्नामा बसेका हुन्।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि आवश्यक नीति नियम बनाउन सरकारको ध्यान केन्द्रित गर्न धर्ना सुरु गरिएको डा. पुनले बताए।
महावीर पुनसँग धर्नामा सहभागी युवाहरुले ‘नवउद्यमीहरुलाई हतोत्साह नगर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’, ‘स्टार्टअप उद्यमिहरुलाइ प्रोत्साहन गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।
धर्ना सुरु गर्नु अघि पत्रकारहरुलाई दिँदै पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन, अनुन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन, सञ्चालन तथा खरिद ऐन बनाउनु पर्ने प्रमुख माग रहेको बताए।
उनले आफ्नो मागका सम्बन्धन यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारी गराएका थिए।
प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार