क्यान महासंघले किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै

  • Technology Khabar | १५ बैशाख २०८०, शुक्रबार
क्यान महासंघले किशोरी तथा महिलाका लागि ‘प्रि-जब ट्रेनिङ’ आयोजना गर्दै

काठमाडौं ।

क्यान महासंघले कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले किशोरी तथा महिलाका लागि लक्षित गर्दै प्रि-जब ट्रेनिङ (Pre-Job Training) आयोजना गर्ने भएको छ।

इन्टरनेसनल गर्ल्स ईन आईसीटी डे २०२३ (International Girls in ICT Day 2023) को अवसरमा महासंघले वैशाख १९ (२ मे) देखि चार दिनसम्म सञ्चालन हुनेगरी उक्त तालिम आयोजना गर्न लागेको हो।

यसअन्तर्गत महिलालाई रोजगारीमा जानुअघि गर्नुपर्ने पूर्वतयारीका विविध विषयमा प्रशिक्षण दिइने महासंघकी उपाध्यक्ष एवं कार्यक्रमकी संयोजक सरिता सिंहले जानकारी दिइन् ।

सो अवसरमा कर्पोरेट कल्चर, अफिस इक्विपमेन्ट ह्यान्डलिङ, ईमेल र पत्र लेखन, व्यक्तित्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन, आईसीटी सम्बन्धी सीपहरु, नेतृत्व कला, सामूहिक कार्य, करियर चयन, अन्तर्वार्ता प्रक्रिया आदि विषयमा सहभागीलाई् तालिम दिने उपाध्यक्ष सिंहले जानकारी दिइन् ।

उनका अनुसार तालिमका हरेक सेसन डेढ घण्टासम्म चल्नेछ। कम्तिमा प्लस वा सो सरहको प्रमाणपत्र भएका महिलाले यस तालिममा सहभागिता जनाउन सक्नेछन्।

क्यान महासंघको केन्द्रीय कार्यालय खुसिबुमा हुने तालिममा सहभागी हुन यहाँ क्लिक: https://training.can.org.np/ गरी अनलाइनबाटै नाम दर्ता गराउन सकिन्छ।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को पहलमा हरेक वर्ष अपिल २७ तारिखका दिन गर्ल्स ईन आईसीटी डे मनाइन्छ। यो अवसरमा महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तिकरणका निम्ति सहयोग गर्न विश्वभर नै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम हुने गरेको छ।

प्रकाशित: १५ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...