काठमाडौं ।
“समृद्धिको लागि सहकार्य” भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ।
उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्नेछन ।
जसमा ग्याँस सँगै क्यास योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि ग्यासको खरिद विक्रि कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले रु. ५० र विक्रिेताले रु. १० क्यास व्याक प्राप्त गर्नेछन ।
त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले रु. ५ क्यास व्याक प्राप्त गर्नेछन ।
उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ।
प्रकाशित: १३ बैशाख २०८०, बुधबार