काठमाडौं ।
भिभोले चीनमा नयाँ फ्ल्यागशिप फोल्डेबलको साथमा आफ्नो भिभो प्याड २ को पनि घोषणा गरेको छ।
ब्रान्डको नवीनतम ट्याब्लेटमा १४४ हर्ज स्क्रिन, डाइमेन्सिटी ९००० चिपसेट र ठूलो १०,००० एमएएच ब्याट्री समावेश गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
त्यसैगरी प्याड२ मा १८००x२८८० पिक्सेल रिजोल्युसन र १४४ हर्ज रिफ्रेस रेट सहितको १२.१ इन्चको आईपीएस एलसीडी रहेको छ। उक्त प्यानलमा ७ः५ एस्पेक्ट रेसियो रहेको र भर्टिकल कन्टेन्टसँग डिल गर्दा निकै उपयोगी हुनेछ। यस प्याड २ मा विशेष गोल्डेन इयर ट्युनिङका साथै मेटल युनिबडी डिजाइन र क्वाड स्पिकरहरू रहेको उल्लेख छ।
ट्याब्लेटमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको साथमा डाइमेन्सिटी ९००० चिपसेट रहेका छन्। ट्याब्लेटको पछाडि १३ मेगापिक्सेलको मुख्य क्यामरा र २ मेगापिक्सेलको म्याक्रो लेन्सका साथै अगाडिको भागमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा रहेका छन्। साथै यसमा समावेश गरिएको १०,००० एमएएच ब्याट्रीले ४४ डब्ल्यू फास्ट चार्जिङ समर्थन गर्दछ।
ट्याब्लेटको सफ्टवेयर फ्रन्ट एन्ड्रोइड १३ मा आधारित ओरिजीनओएस ३ ले कभर गरिएको छ। भिभोले बिल्ट–इन ट्र्याकप्याड र म्याग्नेट मार्फत ट्याब्लेटको छेउमा जडान गर्न मिल्ने सेकेण्ड जेनेरेसन स्टाइलसको साथ नयाँ किबोर्ड कभर केस पनि प्रस्तुत गरेको छ।
भिवो प्याड २ खरानी (ग्रे), नीलो (ब्लू) र बैजनी (पर्पल) रङ्गहरूमा आउने बताइएको छ। यसको बेसलाइन ८/१२८जीबी लाई २,४९९ युआन(३६४ अमेरिकी डलर) मूल्य पर्ने र १२/५१२जीबी मोडलको मूल्य ३,३९९ युआन (४९५ अमेरिकी डलर) रहेको छ।
अन्तर्राष्ट्रिय मूल्य निर्धारण र उपलब्धताको बारेमा भने अझै पनि विस्तृत जानकारी उपलब्ध छैन्।
प्रकाशित: ९ बैशाख २०८०, शनिबार