मोटोरोलाद्वारा फास्ट रिफ्रेस रेट सहितको रेजर २०२३ को टिजर सार्वजनिक

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार

काठमाडौं ।

मोटो रेजर २०२३ चाँडै आउने भएको छ। मोटोरोलाले यस फोनमा ब्रेकथ्रु रिफ्रेस रेट रहने भन्दै यसलाई टिज गरेको छ। यस फानको भित्री डिस्प्लेमा १४४ हर्जको रिफ्रेस हुने आशा गरिएको छ। उक्त रिफ्रेस रेट हालका फोल्डिङ फोनको १२० हर्ज रिफ्रेसको क्रप भन्दा एक कदम माथि भएको भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यस फोनको डिस्प्लेमा ६.७–इन्चको १०८०पी प्यानल समावेश गरिने सम्भावना रहेको बताइएको छ। साथै फोनमा स्न्यापड्रागन ८ प्लस जेन १ लाई चिपको रूपमा छनोटको गरिए तापनि स्न्यापड्रागन ८ प्लस जेन २ पनि समावेश गरिने सम्भावना रहेको उल्लेख गरिएको छ। त्यसैगरी ब्याट्रीको लागि भने चलिरहेको मोडलको ३,५००एमएएचको नजिक हुने वा २,८५०एमएएच ब्याट्रीको डाउनग्रेड फर्म हुने उल्लेख गरिएको छ।

लार्जर आउटर स्क्रिनमा फिट गर्नको लागि सानो ब्याट्री आवश्यक हुन सक्ने उल्लेख गरिएको छ। यद्यपि स्मलर कभर स्क्रिन भएको संस्करण पनि बाटोमा आउँदै गरेको उल्लेख गरिएको छ।

त्यसैगरी यस नयाँ फोनको नाम आफैं अस्पष्ट रहेको छ। मोटोरोलाले यस शक्तिशाली संस्करणको लागि रेजर+(प्लस) २०२३ नाम राख्न सक्ने सम्भावना धेरै रहेको र प्रो वा अल्ट्रा जस्ता नाम छान्न पनि सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया