मिडियाटेकद्वारा ड्राइभरलेस भेहिकलको लागि डाइमेन्सिटी अटो प्लेटफर्म घोषणा

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार
मिडियाटेकद्वारा ड्राइभरलेस भेहिकलको लागि डाइमेन्सिटी अटो प्लेटफर्म घोषणा

काठमाडौं ।

मिडियाटेकले आफ्नो फ्ल्यागशिप डाइमेन्सिटी एसओसीको लागी चिप्सको नयाँ दायरा घोषणा गरेको छ। डाइमेन्सिटी अटो प्लेटफर्मले अटोनोमस भेहिकलहरु (स्वचालीत सवारी साधनहरू)को लागि कम्प्युटिङ सोलुसन्सको राफ्ट प्रदान गर्ने बताइएको छ।

यसले कार निर्माताहरूलाई स्मार्ट ककपिटको लक्ष्यहरू प्रदान गर्नको लागि मद्दत गर्ने उल्लेख गरिएको छ। यसले अन द गो मा कनेक्टिभिटीका साथै स्वचालित चालक सहायता प्रणाली प्रदान गर्नेछ। साथै डाइमेन्सिटी अटोले यस सेग्मेन्टमा क्वालकम लगायत धेरै स्थापित नामहरूसँग प्रतिस्पर्धा गर्नेछ।

नेक्स्ट–जेन भेहिकलहरूका लागि मिडियाटेक डाइमेन्सिटीले स्वचालित चालक सहायता प्रणाली (अटोमेटिक ड्राइभर असिस्टेनट सिस्टम –एडीएएस) र अन्य सिमलेस समाधानहरूलाई समर्थन गर्नेछ। मिडियाटेक इन्टेलिजेन्स, सधैं कनेक्ट भएका सवारी साधनहरू प्रदान गर्न मद्दत गर्ने आफ्नो लक्ष्यलाई जोडदार रूपमा पछ्याउँदै आएको देखिन्छ।

डाइमेन्सिटी अटो नवीनतम अटोमोटिभ उत्पादनहरूका लागि मेसिन लर्निङ/भिजन–क्यापेबल मल्टिप्रोसेसर प्लेटफर्म हो भनी बताइएको छ। साथै यसमा मिराभिजन टेक्नोलोजी र ८के/१२० हर्ज एचडीआर डिस्प्ले फिचर रहेको छ। त्यसैगरी यसले धेरै एचडीआर–नेटिभ क्यामेराहरू पनि समावेश गर्दछ।

डाइमेन्सिटी अटो ककपिट सोलुसनले क्वालकम स्न्यापड्रागन राइडसँग प्रतिस्पर्धा गर्ने तर डाइमेन्सिटी अटोले स्न्यापड्रागन राइडसँग कसरी स्क्वायर अप गर्छ भनेर हेर्न भने बाँकी रहेको बताइएको छ। यसको ३एनएम प्रक्रिया क्वालकम मोडलमा ४एनएम प्रक्रिया भन्दा राम्रो भएको बताइएको छ।

यसलाई डाइमेन्सिटी अटो कनेक्टसँग जोड्न सकिने र यसले स्न्यापड्रागन अटो ५जी मोडेम–आरएफ जेन २ लाई लक्षित गरेको उल्लेख गरिएको छ। यसले वाई–फाई ७, जीएनएसएस, ब्लुटुथ, ५जी एनटीएन र अन्य समर्थन गर्नेछ। नयाँ मिडियाटेक डाइमेन्सिटी अटो प्लेटफर्मले फ्ल्यागशिप मोबाइल डभाइस जस्तै स्मार्ट किसिमको सुपर–स्मार्ट गाडीहरू प्रदान गर्न मद्दत गर्नेछ।

मिडियाटेक डाइमेन्सिटीमा माइक्रोफोन अडियोको लागि समर्पित डीएसपी सहित धेरै एम्बेडेड फिचर्स र कार्यक्षमताहरू पनि रहेका छन्। उत्पादन सवारी साधनहरूका लागि मिडियाटेक डाइमेन्सिटी अटो प्लेटफर्मको रिलीजको लागि अहिलेसम्म कुनै आधिकारिक टाइमलाइनहरूको जानकारी भने उपलब्ध भइनसकेको उल्लेख गरिएको छ। यसको नवीन सुविधाहरूको राफ्टको साथ अटोमोटिभ उद्योगमा यसको प्रवेश युगान्तकारी हुन सक्छ भनी गीज्मोचाइनाको रिपोर्टमा उल्लेख गरिएको छ।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...