
काठमाडौं ।
एप्पलले आगामी सेप्टेम्बरमा बहु प्रतिक्षित आईफोन १५ सिरिज प्रस्तुत गर्ने तयारी गरिरहेको छ। सधैं झैं, यो वर्ष पनि पर्फमेन्समा सुधार र नयाँ फिचरहरूको साथ नयाँ फोन आउने अपेक्षा गरिएको छ। साथै फोनमा अधिकतम परिवर्तन हुने उल्लेख पनि गरिएको छ।
त्यसैगरी, कम्पनीले युरोपेली संघको नियमहरू पालना गर्न बाध्य भएको हुनाले यो वर्ष फोनमा महत्त्वपूर्ण परिवर्तन देखिनेछ। परम्परागत लाइटनिङ पोर्टको सट्टा एप्पलले पहिलो पटक यूएसबी–सी पोर्ट समावेश गरी आईफोन जारी गर्न लागेको बताइएको छ। यसका बाबजुद पनि कम्पनी भने परिवर्तन कार्यान्वयन गर्न खासै उत्सुक नभएको उल्लेख गरिएको छ। साथै हालैको एक जानकारीको अनुसार यूएसबी–सी छनौट गर्नु अघि एप्पलले सुरुमा आईफोन १५ लाई लाइटनिङ पोर्टको साथ ल्याउने विचार गरेको बताइएको छ।
यूएसबी–सीमा स्वाप गर्नु अघि एप्पलले आईफोन १५ मा लाइटनिंग पोर्टको सामावेश गर्ने विचार गरेका थियो
फ्ल्यागशिप–लेभल स्मार्टफोन विकास गर्नु कुनै सजिलो काम भने नभएको बताइएको छ। यसको लागि कम्पनीहरूले विकास प्रक्रिया पहिले नै सुरु गर्नुपर्ने हुन्छ। यस सन्दर्भमा एप्पल पनि कुनै अपवाद नभएको र कम्पनीले नयाँ आइफोन ल्याउने बित्तिकै अर्को मोडलमा काम गर्न थालिसकेको हुन्छ भनी उल्लेख गरिएको छ। यसले गर्दा प्रायः फोनको बारेमा केही जानकारीहरु चाँडै नै लीक हुने गर्दछन्।
प्रयोगकर्ता नाम अन्नोन्२१ भएका ट्विटर अनुसन्धानकर्ताकाले बताए अनुसार एप्पलले जनवरी २०२२ मा आईफोन १५ को लागि पहिलो प्रोटोटाइप मोडलहरू तयार पारेको थियो। यद्यपि यूएसबी–सी प्रयोग गर्ने निर्णय बारेमा भने मार्च महिना सम्ममा पनि टुंगो नलागेको बताइएको छ। त्यस बिन्दुबाट, यूएसबी–सी सहितको संस्करणहरूमा विशेष रूपमा काम केन्द्रित रहेको थियो भनी उल्लेख गरिएको छ। यद्यपि “त्यहाँ सुरुमा नै लाइटनिङ पोर्टको संस्करण रहेको तर यसलाई तुरुन्तै खारेज गरिएको” थप बताइएको छ।
युरोपेली संघले कम्पनीलाई लाइटनिङ पोर्ट छोड्नका लागि बाध्य तुल्याएको र यो विकास पूर्णतया आश्चर्यजनक भने नभएको बताइएको छ। वर्षौंदेखि, एप्पलले आफ्नो अन्य उत्पादनहरूमा यूएसबी–सी पोर्ट प्रयोग गर्दै आएको छ। यद्यपि, कम्पनीले आईफोन र एयरपडहरूको लागि लाइटनिंग पोर्ट प्रयोग गर्न जारी राखेको छ। यसले इकोसिस्टम भित्रका प्रयोगकर्ताहरूले विभिन्न डिभाइसहरूका लागि फरक चार्जरहरू प्रयोग गर्नुपरेकोमा निराशा निम्त्याएको उललेख गरिएको छ। त्यसैगरी धेरै मानिसहरूले लाइटनिंग पोर्ट ढिलो भएको भन्दै आलोचना गरको थप रूपमा बताइएको छ। यद्यपि, युरोपेली संघको समाधान स्थायी भने नहुन सक्ने उल्लेख गरिएको छ।
एप्पलले बाहिर निर्भर हुन मन नपराउने भएकोले धेरै लामो समयसम्म यूएसबी–सी चार्जिङमा भने भर नर्पने बताइएको छ। कम्पनीले केही समयदेखि म्यागसेफ नामक वायरलेस चार्जिङ प्रविधिमा लगानी गरिरहेको छ । यदि तिनीहरूले यो फिचर प्रयोग गरेर डाटा ट्रान्सफर गर्न सक्षम भएको खण्डमा भने, यूएसबी–सी केवल एक अस्थायी समाधान हुन सक्ने छ भनी गीज्मोचाइनामा उल्लेख गरिएको छ।
प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार