
काठमाडौं ।
भारतमा एमजी कोमेट ईभी सार्वजनिक भएको छ। एमजीको सानो इलेक्ट्रिक कारको बुकिङ केही दिन भित्रमा शुरु हुने ड्राइभस्पार्कले उल्लेख छ। कम्पनीले कोमेट ईभीको उत्पादन गुजरात स्थित हलोल प्लान्टमा शुरु गरेको छ।
कोमेट ईभीको लम्बाई २९४७ एमएम, चौडाई १५०५ एमएम, उचार्ज १६४० एमएम र ह्वीलबेस २०१० एमएम छ। कारको टर्निङ रेडियस ४.२ मिटर छ र यो सजिलै साँघुरो सडकमा मोड्न सकिन्छ।
कोमेट ईभीको लुक्सको कुरा गर्दा यसमा सानो फ्रन्ट ग्रिल, ठूलो एलईडी स्ट्रिप, पातलो हेडलाइट दिइएको छ। यसमा ठूलो ढोका, स्पोर्टी अलोय ह्वील्स तथा पछिल्लो भागलाई फ्ल्याट राखिएको छ। कम्पनीले कारमा धेरै नयाँ फिचर दिएको छ।
कोमेट ईभी ४ रंग विकल्प बे (ब्लू), सेनेनिटी (ग्रिन), सनडाउनर (ओरेन्ज) तथा फ्लेक्स (रेड) मा उपलब्ध छ। साथै एमजी कोमेट ईभीलाई थप आकर्षक बनाउनका लागि स्टीकर स्टाइल्स तथा लिट प्याक पनि छनोट गर्न सकिन्छ।
कोमेट ईभीमा समान १०.२५ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम तथा डिजिटल क्लस्टर दिइएको छ। यसमा प्रयोगकर्ताले आफ्नो डिभाइस कनेक्ट गरेर म्यूजिक, रियल टाइम ट्राफिक लगायतको लाभ लिन सक्नेछन्।
कोमेट ईभीलाई जीएसईभी प्लेटफर्ममा तयार गरिएको हो। यो कार शहरी ग्राहकको आवश्यकता ध्यानमा राखेर डिजाइन गरिएको छ। सेफ्टीका लागि यस प्लेटफर्ममा बलियो स्टील फ्रेम दिइएको छ।
कारमा १७.१ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ। जसले ४२ एचपीको पावर तथा ११० न्यूटन मिटर टर्क प्रदान गर्छ।
यो कारले सिंगल चार्जमा २३० किलोमिटर रेञ्ज प्रदान गर्छ।
कोमेट ईभीलाई भारतमै असेम्बल गरिनेछ र यसको मूल्य कम गर्नका लागि एमजी पार्टस् ६०% सम्म लोकलाइजेशन गरिनेछ। कम्पनीले आफ्नो कारलाई शहरी इलेक्ट्रिक कारको रुपमा प्रस्तुत गर्नेछ।
यो एमजीको जेडएस ईभी पछिको दोस्रो इलेक्ट्रिक कार हुनेछ। यो कार एमजीको एयरमा आधारित हो जसलाई चीनमा बिक्री गरिन्छ। कम्पनी यस सानो ईभीलाई १०–१२ लाख भारुको मूल्यमा बिक्री गरिने सम्भावना छ।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार