
काठमाडौं ।
भारतीय दूरसञ्चार सेवा प्रदायक भोडाफोन-आइडिया (भिआई) ले चिनियाँ कम्पनी जेडटीईबाट करिब २०० करोड भारुको नेटवर्क उपकरण अर्डर गरेको छ। पीटीआईले यस घटनाको बारेमा जानकारी भएको तीन स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको छ।
स्रोतहरूले भनेका छन् कि भीआईले गुजरात, महाराष्ट्र र मध्य प्रदेश-छत्तीसगढका टेलिकम सर्कलहरूमा ब्रोडब्यान्ड नेटवर्क उपकरण उपलब्ध गराउन चिनियाँ कम्पनीसँग अर्डर गरेको छ। एक स्रोतले भन्यो ‘भोडाफोन-आईडियाले जेडटीईलाई लगभग २०० करोडको अर्डर दिएको छ’।
भारतीय समाचार एजेन्सी पीटीआईले स्रोतलाई उदृत गर्दै भनेअनुसार यो कुरा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय (एनएससीएस) को ध्यानमा आएको छ, जसले विश्वसनीय टेलिकम पोर्टलको व्यवस्थापन गर्दछ र अनुमति प्राप्त टेलिकम उपकरणहरू अनुमोदन गर्दछ। यस सम्बन्धमा भोडाफोन-आइडियालाई पठाइएको इ-मेलले कुनै प्रतिक्रिया प्राप्त नगरेको पीटीआईले रिपोर्ट गर्दछ।
यो उपकरणहरको अर्डर गुजरात र एमपी-छत्तीसगढ सर्कलहरूको लागि राखिएको छ। यसका साथै एक स्रोतले महाराष्ट्र सर्कलको लागि पनि अर्डर राखिएको पनि जानकारी दिएको छ।
भारतमा १६ डिसेम्बर २०२० मा, सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिले दूरसञ्चार क्षेत्रमा राष्ट्रिय सुरक्षा निर्देशनलाई अनुमोदन गरेको थियो। तदनुसार, सेवा प्रदायकहरूले विश्वसनीय स्रोतबाट मात्र उपकरण खरिद गर्नुपर्छ। निर्देशिकाको प्रावधान अन्तर्गत, सरकारले टेलिकम नेटवर्क स्थापनाका लागि उत्पादनहरूको सूची घोषणा गर्दछ।
सबै काम विश्वसनीय टेलिकम पोर्टलमार्फत गरिन्छ। उप-राष्ट्रिय सुरक्षा सल्लाहकारको अध्यक्षतामा गठित समितिको स्वीकृतिका आधारमा उत्पादनहरूको सूची निर्धारण गरिन्छ। यस निर्देशनपछि भारतमा चिनियाँ कम्पनीहरूले फाइभजी टेलिकम गियरको अर्डर सुरक्षित गर्न सकेका छैनन्।
उल्लेखनीय कुरा के छ भने, भारतमा फाइभजीदेखि ब्रोडब्यान्ड इन्टरनेटमा, जियो र एयरटेलले आफ्नो कदम छिटो फैलाइरहेका छन्। भोडाफोन-आइडिया अझै पनि अन्य प्रतिद्वन्द्वीहरू भन्दा पछाडि छ। नयाँ कार्य आदेशपछि कम्पनी यस क्षेत्रमा तीव्र गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार