
काठमाडौं ।
टेक दिग्गज माइक्रोसफ्टले प्रविधि उद्योगमा छाप बनाउन नयाँ इन्टेलिजेन्स चिप तयार गर्दैछ, यसको कोडनेम ‘एथेना’ रहेको छ। यो आगामी चिपले च्याटजीपीटी जस्ता च्याटबटहरूमा प्रयोग हुने प्रविधिलाई शक्ति दिनेछ।
कम्पनीले ओपनएआईसँगको सहकार्यमा २०१९ देखि चिपमा काम गरिरहेको छ र यसको परीक्षण कर्मचारीहरूको सानो समूहले गरेको छ। यो जानकारी राउटरको रिपोर्टबाट प्राप्त भएको हो।
चिपले च्याटजीपीटी जस्तै काम गर्ने
रिपोर्टमा थप भनिएको छ कि चिप ‘लार्ज ल्याङ्गवेज मोडलहरू’लाई तालिम दिन प्रयोग गरिनेछ, जसरी च्याटजीपीटी डfटा प्रशोधन गर्न, ढाँचाहरू पहिचान गर्न र मानव च्याटको नक्कल गर्न प्रयोग गरिन्छ। कम्पनीले अमेजन र गुगलसँग कडा प्रतिस्पर्धाको साथ आगामी दिनहरूमा चिपले अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छ।
माइक्रोसफ्टले चिप लन्च गर्ने बारे कुनै जानकारी दिएको छैन। यद्यपि यो चिप छिट्टै लन्च हुने दाबी गरिएको छ। यसअघि विन्डोज मेकरले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित बिङ एआई सर्च इन्जिन जारी गरेको थियो।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार