
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा ३२ करोड ३३ लाख १७ हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको चैत मसान्तसम्म ३२ करोड ३३ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख १२ हजार ४०९ यूनिट स्मार्टवाच आयात भएको छ।
स्मार्टवाचको आयातबाट सरकारले १० करोड २ लाख ८८ हजार राजश्व प्राप्त गरेको छ।
फागुनमा २९ करोड ७४ लाख ७० हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ४४ यूनिट स्मार्टवाच आयात भएको थियो।
चैतमा २ करोड ५८ लाख ४७ हजार रुपैयाँ बराबरको ९ हजार ३६५ यूनिट स्मार्टवाच भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा २५ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको छ।
चीनबाट २३ करोड ६ लाख ९६ हजार रुपैयाँ बराबरको १ लाख ८८ हजार ६०२ यूनिट आयात भएको छ।
भारतबाट ५ करोड ९० लाख ४२ हजार रुपैयाँ बराबरको २२ हजार ७८८ यूनिट स्मार्टवाच आयात भएको छ।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार