
काठमाडौं ।
आईफोन १४ सिरिज उपलब्ध भएको लगभग ६ महिना भईसकेको छ। यो धेरै लामो समय नभए तापनि एप्पलले आइफोन १५ मोडलमा काम गर्न थालिसकेको बताइएको छ। यी प्रयासहरू जारी रहँदा, केही जानकारीहरू प्रकाशमा आएकाछन्। साथै खुलासा गरिएको जानकारीको पछिल्लो अंश क्यामरा फिचरहरूको बारेमा रहेको उल्लेख गरिएको छ।
आईफोन १५ प्रो म्याक्समा ५–६एक्स अप्टिकल जूम फिचर गरिने अपेक्षा गरिएको गीज्मोचाइनाको रिपोर्टमा उल्लेख गरिएको छ।
आईफोन १५ प्रो म्याक्समा ५–६एक्स अप्टिकल जूम फिचर गरिने अपेक्षा
आईफोनहरूले प्रायः आफ्नो क्यामरा परफरमेन्सको लागि हेडलाइन बनाउने गरेका छन्। कम्पनीले लगातार सुधारिएको गुणस्तर प्रदान गर्ने गरेको छ। तर नयाँ फिचरहरूको कुरा गर्दा भने कम्पनी प्रतिस्पर्धीहरू भन्दा पछि पर्ने गरेको छ। उदाहरणका लागि, सामसङले डिजिटल र अप्टिकल जुम दुवैमा १००एक्स जूम पदान गर्दछ भने एप्पलले आईफोन १४ प्रो सिरिजमा ३एक्स अप्टिकल जुम प्रस्तुत गरेको थियो। साथै डिजिटल समावेश गरेपछि यो संख्या १५एक्स सम्म जाने थप बताइएको छ।
यद्यपि, अफवाहहरूका सुझाव अनुसार उक्त विषय यस वर्ष परिवर्तन हुनेछ। नेक्स्ट–जेन आईफोन १५ प्रो म्याक्समा “पेरिस्कोप लेन्स“ फिचर हुने अपेक्षा गरिएको र त्यसले अप्टिकल जूमलाई दोब्बर गर्न अनुमति दिनेछ।
एप्पलले आईफोन १५ प्रो म्याक्स मोडेलहरूमा पेरिस्कोप लेन्स प्रयोग गर्ने भने कुनै आश्चर्यको कुरा नहुने उल्लेख छ। एप्पल विश्लेषक मिङ–ची कुओले केही समयअघि यस्तै दाबी गरेका थिए र यो फिचरहरु प्रो मोडलहरूमा मात्र उपलब्ध हुने बताए थिए। साथै यस प्रकारको लेन्सले ५–६एक्स सम्म जुम गर्न अनुमति दिने बताइएको छ। नतिजाको रूपमा, रियर क्यामेराबाट टाढाको वस्तुको फोटो क्याप्चर गर्दा गुणस्तरमा कुनै हानि नहुने बताइएको छ।
पेरिस्कोप लेन्स भनेको क्यामरा जस्तै हो र यसले डिभाइसलाई ठूलो नबनाइकनै धेरै टाढा जुम गर्न ऐना र लेन्सहरू प्रयोग गर्नेछ। यो पनडुब्बीहरूमा प्रयोग हुने पेरिस्कोपमा आधारित रहेको बताइएको छ।
स्मार्टफोनहरूमा, पेरिस्कोप लेन्सले ऐनाबाट प्रकाश झुकाएर र क्यामेरालाई सानो राखेर उच्च गुणस्तरको जुम फोटोहरू लिन मद्दत गर्नेछ। सामसङ र ह्वावे जस्ता धेरै उत्पादकहरूले पहिले नै आफ्ना उत्पादनहरूमा यो फिचरलार्य प्रयोग गरिसकेका छन्।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार