सामसङ एक्सिनोस २४०० ले जीपीयूको कार्यक्षमता बढाउने

  • Technology Khabar | ७ बैशाख २०८०, बिहीबार
सामसङ एक्सिनोस २४०० ले जीपीयूको कार्यक्षमता बढाउने

काठमाडौं ।

सामसङले नयाँ फ्ल्यागशिप चिपसेटमा काम गरिरहेको  छ। साथै उक्त नयाँ चिपसेटलाई एक्सिनोस २४०० हुने अपेक्षा गरिएको छ। ट्विटरका एक लीकस्टरका अनुसार, उक्त एसओसीमा ६डब्ल्यूजीपी सहित नयाँ आरडीएनए२–आधारित ग्राफिक्स युनिट समावेश गरिने बताइएको छ। साथै यस चिपसेटमा एक्सीनोस २२०० मा एक्सक्ल्प्सि ९२० जीपीयू को भन्दा चार गुणा गणना युनिटहरू रहने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

डब्ल्यूजीपी भन्नाले “वर्कग्रुप प्रोसेसर” भन्ने बुझिने र यो एएमडीद्वारा विकसित आरडीएनए आर्किटेक्चरको एक हिस्सा भएको उललेख गरिएको छ। एउटा डब्ल्यूजीपीले नयाँ आरडीएनए२ सोलुसनमा २ कम्प्युट युनिटहरू समावेश गरिनेछ। साथै उक्त संखया कुल १२ ओटा हुने थप बताइएको छ। अघिल्लो जीपीयूमा भने ३सीयू मात्र छ। त्यसैगरी क्लक स्पिड र आर्किटेक्चर जस्ता चीजहरूले समग्र प्रदर्शनमा भूमिका खेल्ने उल्लेख गरिएको छ।

सामसङले आफ्नो नवीनतम चिपहरूमा रे ट्रेसिङ प्रविधिहरू लागू गर्नको लागि एएमडी र खेल विकासकर्ताहरूसँग साझेदारी गर्दैछ। त्यस खेलहरू मध्येको पहिलो एउटा डियाब्लोः इमोर्टल फर एन्ड्रोइड हुनु पर्ने बताइएको छ। तर आजसम्म, एक्सीनोस २२००–संचालित स्मार्टफोनहरूले टाइटलको हाईएस्ट ग्राफिक्स सेटिङ चलाउन नसकेको थप उललेख गरिएको छ।

अघिल्लो रिपोर्टहरूका सुझाव अनुसार एक्सीनोस २४०० मा १०–कोर सीपीयूको साथै एउटा प्राइम कोर्टेक्स–एक्स४ कोर, हाईअर फ्रिक्वेन्सीको दुईओटा कोर्टेक्स–ए७२० युनिटहरू, थप तीनओटा लोअर क्लक्ड कोर्टेक्स–ए७२० कोरहरू र चारओटा पावर–सेभिङ्ग कोर्टेक्स–ए५२० कोरहरु हुनेछ।

एक्सीनोस २४०० ले ग्यालेक्सी एस२४ शृङ्खलालाई पावर गर्ने सम्भावना रहेको यो आगामी वर्षको सुरुमा आउने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार