आर्थिक समाचार

‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना संचालनमा

‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना संचालनमा
Global IME Bank

काठमाडौं, ३ असोज । मोबाइल बजारको रुपमा चीर परिचित पाको मोबाइल बजारले पाको यूथ क्लबको सहकार्यमा दशैं, तिहार र छठको अवसर पारेर प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।

काठमाडौंको मुटुमा रहेको पाको मोबाइल बजारले ‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजनाअन्तर्गत दशैं, तिहार र छठको अवधिभर मोबाइल खरिद गर्ने ग्राहकहरुलाई बम्पर पुरस्कारमा चारवटा मोटर बाईक दिने जानकारी दिएको छ ।

मोबाइल खरिद गर्ने ग्राहकहरुले लक्की ड्रको माध्यमबाट अपाचे आरटिआर १६० बाईक एउटा, टिभिएस स्ट्राइकर बाईक दुईवटा र वेगो स्कूटर एउटा बम्पर पुरस्कारमा प्राप्त गर्ने बताईएको छ ।

त्यसैगरि मोबाइल खरिद गर्ने ग्राहकहरुलाई ३ वटा माउन्टेन बाईक र एक/एक वटा टिभी तथा रेफ्रिजेरेटर पुरस्कारमा दिनेछ । विभिन्न ब्राण्डका १० वटा उत्कृष्ट स्मार्टफोनहरु पनि लक्की ड्रको माध्यमबाट पुरस्कार स्वरुप प्रदान गरिने कम्पनीले जानकारी दियो ।

यहि असोज ४ गते बुधवारदेखि शुरु हुने यो योजना छठसम्म संचालन हुनेछ । यस अवधिभर हरेक मोबाइलको खरिदमा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको नगद छुट समेत पाउनेछन् ।

त्यसैगरि प्रत्येक दिन ग्राहकहरुले अनपेक्षित उपहारहरुमा दैनिकरुपमा २० जनालाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने र पाको मोबाइल बजारमा न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल फोनहरु खरिद गर्न सकिने दाबी गरियो ।

‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजना सफलरुपमा संचालन गर्नका लागि शिवराज खड्का, श्रीराज महर्जन र महेन्द्र शाहिको संयोजकत्वमा कमिटी गठन गरिएको बजारले जानकारी दियो ।

योजना सार्वजनिक गर्दै पाको मोबाइल बजारका तीनै जना संयोजकहरुले अन्य कम्प्लेक्सहरुमा भन्दा सूपथ मूल्यमा ग्राहकहरुले पाको मोबाइल बजारमा गुणस्तरीय मोबाइल किन्न सक्ने बताए ।

‘पाको मोबाइल बजार नेपालकै सबैभन्दा पुरानो मोबाइल बजार हो । यहाँ सम्पूर्ण ब्राण्डका गुणस्तरीय सामाग्रीहरु मात्र उपलब्ध छन् । यस्तो उपहार योजना अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र ठूलो हो, यो योजनाले ग्राहकहरुलाई ४ वटा बाईक साथमा धेरै किसिमका पुरस्कार जित्ने अवसर ल्याएको छ,’ पाको मोबाइल बजारका संयोजकहरुले भने ।

त्यसैगरि पाको यूथ क्लबका अध्यक्ष प्रविणमान श्रेष्ठले सबैभन्दा पुरानो मोबाइल बजारले आफ्नो ख्याती बढाउँदै लगेको र अहिले उत्सवको अवसर पारेर पुरस्कार योजना ल्याउनु खुशीको विषय भएको बताए ।

पाको मोबाइल बजारले संचालन गर्ने यो योजना दशैं, तिहार तथा छठको शुभ उपलक्ष्यमा सबैभन्दा धेरै अनि ठुलो र पक्कै पर्ने विभिन्न आकर्षक उपहारहरु पाको मोबाइल बजारमा मात्र सिमित रहने बजारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Sajilo Visa
easy care