
काठमाडौं ।
म्युजिक स्ट्रिमिङ रियल्म (संगीत स्ट्रिमिङ क्षेत्र) मा रियल–टाइम लिरिक्स नयाँ भने होइन। स्पोटिफाई र एप्पल म्युजिक दुबैमा भने यो फिचर उपलब्ध हुन थालेको/भएको केहि समय भइसकेको छ। यद्यपी, यस मामलामा युट्युब म्युजिक भने पछाडि परेको छ। गुगल स्ट्रिमिङ प्लेटफर्ममा लिरिक्स उपलब्ध भएतापनि बेसिक म्यानुअल म्यानर (आधारभूत म्यानुअल रूपमा) मात्र भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यस नयाँ अद्यावधिकले टेबलमा गीतहरू बज्दा लिरिक्सको लागि अटोमेटिक रियल–टाइम ट्र्याकिङ ल्याएको उल्लेख छ। रियल–टाइम लिरिक्स ट्र्याकिङले युट्युब म्युजिकमा पहिले नै अपलोड गरिएको कुनै पनि गीतहरुमा काम गर्ने बताइएको छ। हालका लिरिक्सहरू हाइलाइटेड हुनका साथै तिनीहरूको टेक्स्ट साइज पनि एपको लिरिक्स ट्याब भित्र बढ्ने छ।
गत वर्ष, गुगलले म्युजिकम्याचसँग साझेदारी गरे पश्चात यो फिचरमा काम सुरु गरेको बताइएको छ। साथै लाइभ लिरिक्स ट्र्याकिङ लिरिकफाइन्ड द्वारा संचालित भइरहेको भनेर रिपोर्टहरू पनि रहेको थप उल्लेख गरिएको छ।
अहिले सम्ममा यस फिचरको एन्ड्रोइड र आईओएस दुबैमा स्क्रिनसटहरू मात्र देखा परेको र रिलिजको लागि कंक्रिट (ठोस) टाइमलाइनको बारेमा कुनै पनि जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ। त्यसैगरी केहि रेडिट प्रयोगकर्ताहरूले भने पहिले नै एन्ड्रोइडको एप संस्करण ५.५१.५०मा यो फिचर प्राप्त गरेको भनी रिपोटर्मा उल्लेख गरेको बताइएको छ।
प्रकाशित: ३ बैशाख २०८०, आईतवार