
काठमाडौं ।
दोलखा दोलखाको भीमेश्वर नगरपालिका-६, भुलेमा निर्मित हिमालयन अनुसन्धान विज्ञान तथा प्रविधि प्रतिष्ठानको भवन अलपत्र एवं बेबारिसे अवस्थामा रहेको छ।
यो भवन एक करोड ५१ लाख छ हजार २५० रुपियाँको लागतमा निर्माण गरिएको हो । सो वडाका वडाध्यक्ष नवीन लामाले सघीय बजेटमा तीनतले भवन निर्माण गर्न सुरु गरिएको यो भवन खर्च अभावले दुई तला मात्रै बनेको बताए।
“कार्यविधि बनाएर सञ्चालन गर्नुपर्ने हो तर प्रक्रिया जटिल बन्दै गएपछि सञ्चालन पनि हुन सकेन,” उनले भने।
भवन १७ रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ।
नगरपालिकाका पूर्वाधार विकास तथा बाताबरण व्यवस्थापन शाखा प्रमुख इन्जिनियर सुरेश राउतले भवन बने पनि सञ्चालनका लागि बजेट, दक्ष जनशक्तिः स्वीकृतिलगायतका काममा बिलम्ब हुँदा भवन प्रयोगविहीन बनेको बताए। गोरखापत्रबाट
प्रकाशित: ३ बैशाख २०८०, आईतवार