Technology Khabar २९ चैत्र २०७९, बुधबार
काठमाडौं ।
एलजीले आफ्नो कम्पनीको नयाँ लोगो प्रस्तुत गरेको छ। कम्पनीको उक्त नयाँ लोगोमा फ्ल्याटर लुक्स र रातो डब एलजी एक्टिभ रेडको (लाइटर सेड) छाँया हल्का रुपमा फिचर गरिएको छ। साथै सिग्नेचर लाइफ्स गुड ब्रान्डको नारा ब्रान्डिङ र उत्पादन प्याकेजिङ्गमा थप व्यापक रूपमा प्रयोग गरिने र नयाँ टाइपफेस फिचर हुने उल्लेख गरिएको छ। एलजी आफ्नो ब्रान्ड पहिचानलाई पुनः आविष्कार गर्ने आशामा थप “गतिशील र युवा” लुकको लागि गइरहेको छ भनी जीएसएमएरिनामा उल्लेख गरिएको छ।
“बलियो र एकरुपता भएको ब्रान्ड रणनीतिले गर्दा हामीलाई हाम्रो मूल्य प्रस्ताव र अद्वितीय पहिचानलाई अझ राम्रोसँग सञ्चार गर्न सक्षम बनाउँछ, जसले नवीनता र न्यानोपनलाई सुमधुर रूपमा मिसाउँछ। नयाँ ब्रान्ड रणनीति लागू गर्दै, एलजीले एउटा प्रतिष्ठित ब्रान्ड बन्ने लक्ष्य राखेको छ जसले उपभोक्ताहरूको पुस्ता र स्थानहरू पार गर्दै प्रतिध्वनि गर्दछ,” एलजी इलेक्ट्रोनिक्सका सीईओ विलियम चोले भने।
त्यसैगरी एलजीले आँखा झिम्काउने(विंक्ङि), मुस्कुराउने(स्माइलिङ) र निहुरीउने(नोडिङ) जस्ता एक्सप्रेसिभ मोसनहरु प्रयोग गरेर वेबमा आफ्नो सिग्नेचर लोगोमा थप अभिव्यक्ति थप्न खोजिरहेको बताइएको छ।
हामीले जेन जेड सहित देश र पुस्ताका उपभोक्ताहरूको ठूलो समूहलाई अपील गर्ने बारे सामान्य मार्केटिङ वार्ता पनि गरिएको बताइएको छ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार