एचटीसी वायल्डफायर ई३ लाईट यूनिसोक चिपसेटको साथ घोषणा

  • Technology Khabar | २८ चैत्र २०७९, मंगलवार
एचटीसी वायल्डफायर ई३ लाईट यूनिसोक चिपसेटको साथ घोषणा

काठमाडौं ।

एचटीसीले स्मार्टफोनहरू निमार्ण नगरे पनि कम्पनीले स्मार्टफोनहरू निमार्ण गर्नका लागि इच्छुक निर्माताहरूलाई आफ्नो ब्रान्डको इजाजतपत्र भने दिइरहेको बताइएको छ। त्यसै क्रममा वायल्डफायर ई३ लाईट यस व्यवस्थाबाट जन्मिने पछिल्लो इन्ट्रि–लेवल फोन भएको बताइएको छ। ई३ लाईटमा एचडी प्लस रिजोल्युसनको ६.५ इन्चको एलसीडीका साथै वाटरड्रप नच हाउजिङ्गमा ५ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामेरा रहेको बताइएको छ।

फोनको पछाडि २ मेगापिक्सेलको म्याक्रो मोड्युल र एलईडी फ्ल्यासको छेउमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ। फोनमा युनिसोक एससी९८६३ चिपसेटको साथमा ३/४जीबी र्याम र ३२/६४जीबी स्टोरेज रहेको र उक्त स्टोरेज माइक्रोएसडी स्लट मार्फत विस्तार गर्न सकिने बताइएको छ।

फोनको सफ्टवेयर तर्फ एन्ड्रोइड १२ द्वारा कभर गरिएको र फोनमा यूएसबी–सी मार्फत १० वाटको चार्जिङ समर्थन गर्ने ५,०००एमएएच ब्याट्री समावेश गरिएको बताइएको छ।

एचटीसी वायल्डफायर ई३ लाईट कालो र निलो रङ्गहरूमा आउने बताइएको छ। यद्यपी फोनको मूल्य निर्धारण र उपलब्धता विवरणहरू भने प्राप्त नभएको बताइएको छ। फोन अफ्रिकी बजारमा डेब्यू हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: २८ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार