शाओमी १३टी प्रो अनलाइनमा देखा पर्यो, डाइमेन्सिटी ९२०० चिपसहित लन्च हुने सम्भावना

  • Technology Khabar | २६ चैत्र २०७९, आईतवार
शाओमी १३टी प्रो अनलाइनमा देखा पर्यो, डाइमेन्सिटी ९२०० चिपसहित लन्च हुने सम्भावना

काठमाडौं ।

शाओमीले – शाओमी १३टी प्रो साथै यसको चिनियाँ समकक्ष रेडमी के६० अल्ट्राको आईएमईआई डाटाबेसमा एउटा रोचक इन्ट्रि पत्ता लगाएको छ। डाटाबेसले मोडल नम्बरहरू र रिलिज नजिकिएको संकेतहरू प्रकट गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

१२टीप्रो र रेडमी के६० अल्ट्रा को लागि उक्त मोडल नम्बरहरू क्रमशः २३०७८पीएनडी५जी र २३०७८आरकेडी५सी रहेको उल्लेख गरिएको छ। सिरियल नम्बरहरूको “२३०७” भागले उक्त डिभाइसहरू यस वर्षको जुलाईमा रिलीज हुने सुझाव दिएको बताइएको छ। साथै गत वर्षको अगस्टमा के५० अल्ट्रा रिलिज गरिएको थियो। त्यसैगरी ग्लोबल १३टी प्रो चिनियाँ पुनरावृत्ति पछि एक वा दुई महिना पक्कै आउने अपेक्षा गरिएको छ।

उक्त डिभाइस मिडियाटेकको हाई–इन्ड डाइमेन्सिटी ९२०० चिपसेटमा चल्ने बताइएको छ भने यसले गत वर्षको स्न्यापड्रागन ८+ जेन १ एसओसीलाई प्रतिस्थापन गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: २६ चैत्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार