
काठमाडौं ।
वैज्ञानिकहरूले लामो समयदेखि यस्तो ग्रह खोज्ने प्रयास गरिरहेका छन्, जहाँ जीवनको सम्भावना हुन सक्छ। उनीहरुले एक्सोप्लानेट्सको खोजी पनि गरिरहेको छन् । एक्सोप्लानेट्स ती ग्रहहरू हुन् जुन हाम्रो सूर्यको वरिपरि घुमेजस्तै कुनै अन्य ताराको वरिपरि घुम्छन्।
यस पटक, खगोलविद्हरूले एक्सोप्लानेटमा दोहोरिने किसिमका संकेतहरू पत्ता लगाएका छन्, जसले एक्सोप्लानेटमा चुम्बकीय क्षेत्र हुन सक्छ भनेर जान्न मद्दत गर्न सक्छ।सो ग्रहको नाम वाईजेड सेटी बी (YZ Ceti b) हो। यसले पृथ्वीबाट करिब १२ प्रकाश वर्षको दूरीमा रातो पुड्के ताराको परिक्रमा गरिरहेको छ।
यो अनुसन्धान नेचर एस्ट्रोनमीमा प्रकाशित भएको छ। अनुसन्धानमा संलग्न खगोलविद्हरूले यो विशेष चट्टानी एक्सोप्लानेटमा चुम्बकीय क्षेत्र हुने सम्भावना रहेको बताएका छन्। यदि त्यसो हो भने, यसले थप विस्तृत अनुसन्धानको लागि आशा दिन्छ। कुनै पनि ग्रहमा जीवन फस्टाउनको लागि त्यसमा चुम्बकीय क्षेत्र हुनु अति आवश्यक हुन्छ। यसले ग्रहलाई यसको सूर्यबाट जोगाउँछ, अर्थात् त्यहाँबाट आउने सौर्य हावाजस्ता आँधीहरूबाट ग्रहलाई बचाउँछ।
उल्लेखनीय कुरा के छ भने कुनै समय मंगल ग्रहमा पनि वातावरण थियो। त्यसबेलामा मंगलको आफ्नै चुम्बकीय क्षेत्र थियो। मंगल ग्रहको जस्तै र आज पनि बृहस्पति, शनि, युरेनस र नेप्च्युनको आफ्नै चुम्बकीय क्षेत्रहरू अवस्थित छन्। सबै अनुसन्धानमा, वैज्ञानिकहरूले त्यस्ता प्रमाणहरू भेला गरेका छन्, जसले बताउँछ कि सो एक्सोप्लानेटमा चुम्बकीय क्षेत्र हुन सक्छ।
यद्यपि आजसम्म ती ग्रहहरूको पहिचान हुन सकेको छैन। सत्य यो हो कि चुम्बकीय क्षेत्रहरु युक्त एक्सोप्लानेटहरुको खोजको लागि कुनै विधि अहिलेसम्म विकसित भएको छैन। यो भर्खरै दोहोर्याइएको रेडियो संकेतहरूले एक्सोप्लानेटको चुम्बकीय क्षेत्रको बारेमा विशेष जानकारी प्रदान गर्न सक्छ भन्ने कुरा पत्ता लगाउँछ।
यदि वाईजेड सेटी बी मा चुम्बकीय क्षेत्र भएको पुष्टि भएमा, वैज्ञानिकहरूले सम्भावित बसोबास योग्य ग्रहहरू पत्ता लगाउने तरिका फेला पारेका हुन सक्छन्। यद्यपि, यसको मतलब वाईजेड सेटी बी एक मात्र ग्रह होईन् जहाँ जीवन फस्टाउन सक्छ।
तर यो ग्रह धेरै तरिकामा फरक छ। यसले २ दिनमा मात्रै सूर्यको वरिपरि घुम्छ किनकी यो सूर्यको धेरै नजिक रहेको छ। यसको अर्थ ‘वाईजेड सेटी बी’ को तापक्रम धेरै उच्च हुनसक्छ, जुन जीवनको अस्तित्वमा अवरोध हो।
प्रकाशित: २६ चैत्र २०७९, आईतवार