
काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा सांसदहरुलाई आफ्नो मोबाइल स्वीच अफ गर्न आग्रह गरेका छन्।
मंगलबार राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले आफ्नो धारणा राखिरहेकी थिइन् र सोही बेलामा अध्यक्ष तिमिल्सिनाले मोबाइल बन्द गर्न रुलिङ्ग गरेका थिए।
सांसद गरिमाले आफ्नो धारणा राखिरहेको बेलामा कुनै एक सांसदले मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका हुन्।
‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस्’ अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभाको बैठकमै भने।
प्रत्यक्ष प्रशारण हेर्दा त्यसभन्दा अगाडि पनि राष्ट्रिय सभाको बैठकमा सांसद दुर्गा गुरुङले बोलिरहँदा पछाडी रहेकी एक महिला सांसदले भिडियो नै खिचिरहेको र उनको छेउमा गएर मर्यादापालकले सचेत गराएको जस्तो देखिन्छ।
प्रकाशित: २१ चैत्र २०७९, मंगलवार