स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह

  • Technology Khabar | २१ चैत्र २०७९, मंगलवार
स्टार्टअप नीति पारित गर्न महासङ्घको आग्रह

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर नवप्रवर्तन व्यवसाय (स्टार्टअप) नीति पारितसँग आग्रह गरेको छ।

महासङ्घ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज उद्योगमन्त्री रिजाललाई भेट्न गएको प्रतिनिधिमण्डलले अर्थतन्त्रमा अहिलेको सङ्कट समाधानका लागि उद्योग मन्त्रालयले ठोस पहल गर्न पनि आग्रह गरेको हो।

“बहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न मन्त्री रिजाल समक्ष आग्रह गरिएको छ। महासङ्घको पहलमा निर्माण भएको यो नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ। अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उद्योग मन्त्रालयको भूमिका बढाउनेबारे पनि आग्रह गरिएको छ।” मन्त्री रिजालसँगको भेटबारे महासङ्घले प्रेस विज्ञप्तिमा भनेको छ।

भेटमा अध्यक्ष गोल्छाले वहुप्रतिक्षित स्टार्टअप नीति तत्काल पारित गर्न पनि मन्त्री रिजाल समक्ष आग्रह गरे। महासंघको पहलमा निर्माण भएको नीति सबै निकायबाट सुझाव समेटेर तयारी अवस्थामा छ। महासंघ स्टार्टअप तथा इनोभेसन समितिका सभापति रन्जित आचार्यले हालै जारि भएको स्टार्ट अप कर्जा कार्यविधिको प्रभावकारी कार्यान्वयनका लगि पनि नीति आवश्यक रहेको बताएको महासङ्घले जनाएको छ।

त्यस्तै, महासङ्घको भिजन पेपर ‘राष्ट्रिय आर्थिक रुपान्तरण नेट–२०३०’ कार्यान्वयनबारे मन्त्रालयसँग भएको समझदारीलाई अगाडि लैजाने विषयमा छलफल भएको पनि महासङ्घले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...