सहुलियतपूर्ण कर्जा लिन सरकारद्वारा स्टार्टअपसँग परियोजना प्रस्ताव माग

  • Technology Khabar | १६ चैत्र २०७९, बिहीबार
सहुलियतपूर्ण कर्जा लिन सरकारद्वारा स्टार्टअपसँग परियोजना प्रस्ताव माग

काठमाडौं ।

सरकारले सहुलियतपूर्ण कर्जा लिन इच्छुक स्टार्टअपसँग परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ। उद्योग विभागले बिहीबार सूचना प्रकाशित गरेर  सहुलियतपूर्ण कर्जा लिन इच्छुक स्टार्टअपसँग परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ अन्तर्गत सहुलियतपूण कर्जा लिन लागेको हो। स्टार्टअप कार्यविधि अनुसार ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा सरकारले उपलब्ध गराउनेछ। यसका लागि मन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गरको छ।

नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका तथा कार्यविधिमा तोकिए अनुसार स्टार्टअप उद्यमका मापदण्ड पूरा गरेका स्टार्टअप उद्यमीले सहुलियतपूर्ण कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सक्ने विभागले जनाएको छ।

विभागको सूचना अनुसार स्टार्टअप उद्यमीले सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यविधिको अनुसूची (१) बमोजिमको ढाँचामा आफ्नो परियोजना विभागमा प्रस्ताव पेस गर्नुपर्ने छ।

स्टार्टअपलाई कर्जा प्रदान गर्ने बैंक राष्ट्रक बैंकले तोक्ने छ। उक्त बैंकले सिफारिसको आधारमा दुई किस्तामा कर्जा प्रदान गर्नेछ। पहिलो किस्ता जारी गर्दा स्वीकृति रकमको बढीमा ५० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ। स्टार्टअपले अधिकतम ७ वर्षसम्मको अवधिमा कर्जाको साँवा र ब्याज रकम तिर्नुपर्नेछ।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार